सेयर बजार
सेयर बजारमा उच्च अंकको वृद्धि, ९ अर्ब ७७ करोडको कारोबार
आइतबार, २५ कात्तिक २०८१, १५ : ०८

काठमाडौँ । आइतबार सेयर बजार परिसूचक (नेप्से) मा उच्च अंकको वृद्धि देखिएको छ । ६२.५४ अंकले बढेको परिसूचक २७३८ बिन्दुमा उक्लिएको छ ।
आज कारोबार रकम पनि उल्लेख बढेको छ । कुल २ करोड २४ लाख ७४ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब ७७ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ ।
आज २२८ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । १३ कम्पनीको मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रह्यो । आइतबार गुराँस लघुवित्त, सिर्जनशील लघुवित्त, सुपर मादी हाइड्रोपावर लगायत कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि देखियो ।
सानिमा जीआईसी इन्स्योरेन्सको कारोबार भने सबैभन्दा धेरै भएको छ । यसको ३८ करोड ४ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।
आइतबार जलविद्युत् कम्पनीप्रति लगानीकर्ता होम्मिए । उक्त उपसमूहको सूचक ४.२६ प्रतिशतले बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिनसम्म बाँचे टाइटानियमको कृत्रिम मुटुजडित पुरुष
-
‘मे त्हलें प्रीब पर्व’ मनाउँदै गुरुङ समुदाय
-
मर्यादित र सभ्य तरिकाले होली मनाउन सभामुख घिमिरेको अपिल
-
होली पर्वको अवसरमा हुने विकृतिलाई निरुत्साहित गर्न अध्यक्ष दाहालको आग्रह
-
आज होली पर्व, हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै
-
युरोपीयन युनियनसँग पनि चर्को भन्सार असुल्ने ट्रम्पको घोषणा