नेपाल प्रिमियर लिग नरोकिने क्यानको दाबी

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल प्रिमियर लिग (एनपीएल) रोक्न माग गर्दै दायर भएको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै नेपाल क्रिकेट संघ (क्यान)को पक्षमा आदेश जारी गरेको छ ।
न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले पहिलो सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै लिखित जवाफ र क्यानसहितका विपक्षीहरुलाई छलफलमा बोलाएको छ ।
सर्वोच्चले रोक्न आदेश जारी नगरेपछि एनपीएल आयोजनामा कुनै वाधा नहुने देखिएको छ । क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार अदालतको आजको सुनुवाइपछि एनपीएलको तयारी तीव्र रुपमा अघि बढ्ने बताए । सर्वोच्च अदालतले रोक्न अन्तरिम आदेश जारी नगरेकाले एनपीएलनको तयारीमा कुनै असर नपर्ने र क्यानले यसलाई तीव्र रुपमा अघि बढाउने उनले बताए ।
अख्तरले उक्त फ्रेन्चाइज आफ्नो नाममा १० वर्षका लागि नेपाल क्रिकेट संघसँग सहमति गरेर दिएकाले अहिले अरु नै कम्पनीमार्फत सञ्चालन गर्न नमिल्ने भन्दै अन्तरिम आदेशको जिकिर सर्वोच्चमा लिएका थिए ।
तर सर्वोच्चले सबै तयारी भइसकेको र अहिले रोक्न नपर्ने ठहर गर्दै यस्तो आदेश गरेको हो ।
प्रतियोगिता आगामी मंसिर १६ गतेदेखि काठमाडौँमा आयोजना हुँदैछ ।
क्यानले प्रतियोगिताका लागि खेलाडीहरुको अक्सनसमेत गराइसकेको छ । प्रतियोगितामा सहभागी आठवटै क्लब आ–आफ्नो तयारीमा व्यस्त छन् । क्लबहरुले प्रतियोगिताको तयारीका लागि ठुलो राशी खर्च पनि गरिसकेको अवस्थामा अदालतले त्यसलाई मध्यनजर गर्दै कारण देखाऊ आदेशमात्र जारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कति छ अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन, क्यानेडियन र हङकङ डलरको मूल्य ?
-
आज देशभर अक्षय तृतीया पर्व मनाइँदै
-
च्याम्पियन्स लिग सेमीफाइनल पहिलो लेगमा पीएसजी विजयी, आर्सन पर्यो दबाबमा
-
पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल निर्विरोध निर्वाचित
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला