उपचारमा सहयोग गर्न वसन्त सापकोटाको अनुरोध
काठमाडौँ । आर्थिक अभावका कारण समस्या परेको भन्दै वसन्त सापकोटाले आफ्नो उपचारका लागि सहयोग गर्न अपिल गरेका छन् । शारीरिक रुपमा अशक्त ३८ वर्षीय वसन्त जन्मजात काइफोटिक रोगबाट पीडित छन् ।
उनले सो रोगबाट छुटकाराका लागि छाती र ढाडको सर्जरीको उपचार गराउनुपर्ने हुन्छ । सोको उपचार अमेरिकामा सम्भव हुने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र वीर अस्पतालका चिकित्सकीय टोलीले सिफारिस गरेको छ ।
पारिवारिक रूपमा अति विपन्न पृष्ठभूमिका उनी आफ्नो रोगले उपचार पाउने भएपछि अमेरिकामा उपचार गर्ने भएका हुन् ।
सर्लाहीको कालिन्जोर–५ स्थायी घर भएका उनी हाल काठमाडौँ बस्छन् । राजधानीको एक प्रेसमा काम गर्ने उनले कम्प्युटरमा डिजाइन गरेको भरमा आफ्नो रोजीरोटी चलाउँदै आएका छन् ।
उनले आफ्नो उपचारका लागि देश तथा विदेशमा रहेकाहरूसँग सहयोग मागेका छन् । उनको बैङ्ग खाता, एनआइसी एसिया बैंक १९८७९६१७१५९५२४०१ मा रहेको छ । उनको मोबाइल नं ९८४४०८९५१७ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिचौलियाका कारण सरकारले गभर्नर नियुक्ति गर्न सकेन : प्रचण्ड
-
२६ वर्ष पछि आयोडिनयुक्त नुन सम्बन्धी ऐन कार्यान्वयनमा
-
‘कार्यशैली नबदले जनताले सरकारको विकल्प खोज्छन्’
-
गणेश थापामाथि फिफाले लगाएको प्रतिबन्ध टुंगियो
-
‘आफू काम नगर्ने, गल्लीमा बसेर गाली मात्र गर्ने ?’
-
कांग्रेस-एमालेका नेतासँगको संवादपछि सरकार टिक्दैन भनेको हो : प्रचण्ड