शीतलनिवासको निर्णय
प्रधानमन्त्रीको चीन भ्रमणअघि राजदूत नियुक्त
आइतबार, २५ कात्तिक २०८१, १४ : २२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणअघि सरकारले नेपाली राजदूत नियुक्त गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार प्राडा कृष्ण प्रसाद ओलीलाई राजदूत पदमा नियुक्त गरेका हुन् ।
सरकारले यसअघिका राजदूत विष्णुपुकार श्रेष्ठलाई फिर्ता बोलाएपछि चीनमा नेपाली राजदूत पद रिक्त रहँदै आएको थियो । अहिले संसदीय सुनुवाइ प्रक्रिया पूरा भइसकेका ओलीलाई राष्ट्रपतिले नियुक्त गरेसँगै अब चीन गएर उनले प्रधानमन्त्रीको भ्रमणको आवश्यक तयारीलाई तीव्रता दिने बताइएको छ ।
प्रधानमन्त्री ओली यही डिसेम्बर महिनामा चीन भ्रमण जाने तयारीमा छन् । भ्रमणको निम्ता आइसकेपनि सरकारी निकायले यकिन मिति भने सार्वजनिक गरेको छैन । भारतबाट चासो नदिएपछि प्रधानमन्त्रीले चीनको भ्रमण गर्न लागेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : राजनीतिमा फर्किने चर्चाबीच विद्या भण्डारीको प्रधानमन्त्रीलाई सन्देशदेखि माओवादी अभियानसम्म
-
सन्त नेता किसुनजीको १४ औँ स्मृति दिवसमा गङ्गा आरती
-
दिल्लीलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा
-
एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस
-
संसदीय मैत्री समूहले दुई देशबिचको सम्बन्धलाई सहज बनाउँछ : राष्ट्रियसभा अध्यक्ष
-
पाल्पाको जङ्गलमा डढेलो, तीन गाउँ जोखिममा