भारतमा २४ करोड नेपाली रुपैयाँ बराबरको नगद र गहना लुटेर नेपाली जोडी फरार

नयाँ दिल्ली । भारतको बैंगलुरुमा एक नेपाली दम्पतीमाथि १५ करोड भारतीय रुपैयाँ (२४ करोड नेपाली रुपैयाँ) बराबरको नगद र गरगहना लुटपाट गरेको आरोप लागेको छ ।
बैंगलुरुको विजयनगरका सुरेन्द्र कुमार जैनले नोभेम्बर ७ मा आफ्नो घरबाट सो मूल्य बराबरको गर–गहना र नगद चोरी भएको आरोप लगाएका छन् । आरोपीहरू यतिबेला फरार छन् ।
यो चोरी आफ्नो नेपाली कामदार नमराज र उनको श्रीमती (आरोपीको पूरा विवरण खुलाइएको छैन)ले गरेको भन्दै जैनले प्रहरीमा ऊजुरीले गरेका छन् । जैनका अनुसार उनले आफ्नी श्रीमती, आमा र दिदीको सबै गहना घरको लकरमा राखेका थिए । अहिले बैंगलुरुको प्रहरीले नमराज र उनको श्रीमतीको खोजी गरिरहेको छ ।
जैनले अरिहान्त ज्वेलर्स चलाउँदै आएका थिए । जैनले ६ महिनाअघि मात्रै नमराजलाई स्टोरमा सहयोगीका रूपमा राखेका थिए । नमराजसँग बस्ने ठाउँ नभएकोले उनले आफ्नै घरको बेसमेन्टस्थित सुरक्षा गार्डको कोठामा बस्न दिएका थिए ।
नमराजकी श्रीमती जैनको घरमा घरायसी काममा पनि सहयोग गर्ने गरेको बताइएको छ । जैन र उनको परिवार धार्मिक कार्यका लागि गुजरात गएको बेलामा नवराजले श्रीमती र थप दुई जना अज्ञात व्यक्तिको सहयोगमा घरमा चोरी गरेको आरोप जैनको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण
-
२०८२ सालमा कुन-कुन राशिलाई शनिको अढैया तथा साढेसाति दशा छ ? हेर्नुहोस्
-
पञ्जाबका लागि नायक बनेका चहलले बनाए नयाँ रेकर्ड
-
कूटनीतिक प्रतिनिधिलाई इलामको पर्यटकीय अनुभव
-
कोशी प्रदेश लगानी सम्मेलन : ५४ वटा परियोजना सोकेसिङ, १ खर्बको एमओयु गर्ने तयारी
-
आफ्ना समुदायका व्यक्तिहरूको रिहाइको माग गर्दै वीरगन्जमा हिन्दुवादी सङ्गठनद्वारा प्रदर्शन