‘सिकन्दर’को सेटमा बढाइयो सलमानको सुरक्षा
![‘सिकन्दर’को सेटमा बढाइयो सलमानको सुरक्षा](https://npcdn.ratopati.com/media/news/salman-khan_qckzmZ4xie.jpg)
नयाँ दिल्ली । बलिउड अभिनेता सलमान खान र अभिनेत्री रश्मिका मन्डन्ना यतिबेला आफ्नो आगामी फिल्म ‘सिकन्दर’ को सुटिङमा व्यस्त छन् । सुटिङका लागि दुवै हैदराबादको फलकनुमा प्यालेमा छन् ।
चलचित्रको छायाङ्कन सुरु भइसकेको छ । लरेन्स बिश्नोई गिरोहको एक पछि अर्को गर्दै धम्की आइरहँदा सुटिङको सेटमा अभिनेताको सुरक्षा व्यवस्था कडा पारिएको छ । सलमान खानलाई हालै नयाँ धम्की आएको थियो । जसमा उनीसँग पैसा पनि मागिएको छ । प्रहरीले यी धम्कीबारे अनुसन्धान गरिरहेको छ ।
प्रहरीले बढायो सुरक्षा
ग्याङ्स्टर लरेन्स बिश्नोईको नाममा लगातार धम्की आएपछि हैदराबादमा सुटिङको सेटमा सलमानको सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ । ‘लरेन्स बिश्नोई गिरोहबाट अभिनेतालाई धम्की आइरहेको पृष्ठभूमिमा हैदराबादको पुरानो सहरको एक तारे होटेलमा कडा सुरक्षामा सलमान खानको ‘सिकन्दर’को सुटिङ भइरहेको छ,’ पुलिस स्रोतहरूले पीटीआईलाई भनेका छन् ।
धम्कीपछि चालिएको हो यो कदम
उनले अझ अगाडि भने, ‘सलमान खानलाई वाई प्लस श्रेणीको सुरक्षामा राखिएकोले सुरक्षा कडा पारिएको छ ।’ अगाडि ती स्रोतले भनेका छन् । तर प्रहरीले यसबारे अन्य विवरण बताउन भने अस्वीकार गरेको बताइएको छ । सरकारी सुरक्षा बाहेक सलमान खानको आफ्नै सुरक्षा व्यवस्था पनि छ । उनलाई लरेन्स बिश्नोई गिरोहबाट ज्यान मार्ने धम्की आएको थियो । पछिल्लो पटक उनलाई लगातार धम्की आइरहेको छ । पछिल्लो धम्की बिहीबार राति मुम्बई ट्राफिक प्रहरीको ह्वाट्सएप हेल्पलाइनमा आएको थियो ।
गीतकारलाई पनि धम्की
म्यासेज पठाउनेले अभिनेतालाई धम्की दिँदै ५ करोड भारु मागेको थिए । उक्त व्यक्तिले ‘मै सिकन्दर हूँ’ गीतका गीतकारलाई पनि धम्की दिएको अधिकारीले बताएका छन् । ट्राफिक अधिकारीको उजुरीमा वर्ली प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ । पछिल्लो केही महिनामा अभिनेतालाई ज्यान मार्ने धम्की आएको यो पाँचौँ पटक हो ।