हाम्रा साथीहरूलाई मुद्दा चलाइयो, कहिल्यै होहल्ला गरेनौँ : देउवा
आइतबार, २५ कात्तिक २०८१, १३ : २४

काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रास्वपा सभापति रवि लामिछानेको विषयमा अनावश्यक हो–हल्ला गर्न जरुरी नभएको बताएका छन् ।
आइतबार धनगढी विमानस्थलमा पत्रकारमाझ बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले रवि लामिछाने अघि कांग्रेसका नेताहरू पनि प्रहरीले समातेको तर‚ कांग्रेसले कुनै दिन हो–हल्ला नगरेको बताए । उनले कांग्रेसका नेता कार्यकर्तालाई मुद्दा चलाउँदा आफूहरूले कुनै हल्ला नगरेको स्पष्ट पारे ।
सञ्चारकर्मीहरूले रवि लामिछानेलाई पक्राउ गरेर सकार पूर्वाग्रही बनेको हो भन्ने प्रश्नमा उनले भने‚ ‘हेर्नुस्, हाम्रा साथीहरूलाई मुद्दा चलाइयो, कहिल्यै होहल्ला गरेनौँ, यो अदालती प्रक्रियामा छ।’
सरकार लामो समय टिक्दैन भन्ने हल्ला छ नि भन्ने प्रश्नलाई पनि उनले नकारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ववियु निर्वाचनको बेला त्रिवि केन्द्रीय क्याम्पसमा गरिएको फोहोर विद्यार्थीहरूले गरे सफा
-
बोहराको निधनमा शोक प्रस्ताव पारित गरेर प्रतिनिधि सभा बैठक अन्त्य हुने
-
सभामुखलाई भेटेर रवि लामिछानेद्वारा सांसद पद निलम्बन फुकुवा गर्न आग्रह
-
प्रकाशिएको वसन्त
-
पञ्चायतकालमै ५ पटक मन्त्री भएका थिए दीपक बोहरा
-
प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहरा रहेनन्