स्थानीय तह उपनिर्वाचन : जसपा नेपालको प्राथमिकतामा मधेस‚ लुम्बिनी र कोशी प्रदेश
_PDO3Au3loH.jpg)
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेश, लुम्बिनी प्रदेश र कोसी प्रदेशमा हुने उपनिर्वाचनमा मुख्य प्राथमिकता दिएको छ । यसका लागि उपनिर्वाचन केन्द्रित गतिविधि अघि बढाइएको पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
निर्वाचन आयोगका अनुसार यहीँ मङ्सिर १६ गते ४४ स्थानीय तहमा रिक्त रहेका विभिन्न पदमा उपनिर्वाचन हुँदै छ । यसका लागि मङ्सिर २ गतेका उम्मेदवारको मनोनयन दर्ता हुनेछ । जसपा नेपाल प्रचार विभाग प्रमुख बस्नेतले पार्टीका जिल्ला स्तरीय विस्तारित बैठकहरू बसेर उम्मेदवार चयनको कार्य भइरहेको पनि जानकारी दिए ।
‘मङ्सिरमा हुन गइरहेको उपनिर्वाचनमा पार्टीले लगभग सबैजसो पदमा उम्मेदवारी दिने र मुख्यरुपमा मधेस प्रदेश, लुम्बिनी प्रदेश र कोसी प्रदेशमा पार्टी केन्द्रित हुनेछ‚’ उनले भने ।
साथै पार्टीले सङ्गठन निर्माण अभियान र स्थानीय तहको उपनिर्वाचनको तयारी सँगसँगै गरिरहेको पनि उनले बताए । पार्टीका शीर्ष नेताहरू सङ्गठन निर्माणको चार महिने अभियानलाई सफल बनाउने र आगामी उपनिर्वाचनमा उपयुक्त उम्मेदवार चयन गर्ने कार्यमा खटिएको बस्नेतको भनाई छ ।
‘पार्टीका नेता कार्यकर्ताहरू भदौ महिनादेखि नै सङ्गठन निर्माण अभियानमा निरन्तर सक्रिय भएर लागेको कारण उपनिर्वाचनमा पार्टीका उम्मेदवार जिताउन सजिलो हुन्छ‚’ उनले भने । जसपा नेपालको चार महिने अभियान मङ्सिर मसान्तसम्म चल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बसाइँसराइले बरेङमा बस्ती सुनसान
-
चेतनाको अभाव र भौगोलिक विकटताले घरमै हुन्छन् सुत्केरी
-
देशमा पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
-
महाशिवरात्रि नजिकिंदा मिथिला महाकुम्भ यात्राको तयारी
-
महाशक्तिशाली पोप फ्रान्सिसको अवस्था क्रिटिकल
-
हमासले मुक्त गरेका ६ बन्धक परिवार भेट्दै