टी–२० अन्तर्राष्ट्रियमा एउटै टोलीविरुद्ध सर्वाधिक शतक प्रहार गर्ने यी क्रिकेटर
काठमाडौँ । इङ्ल्यान्डका ओपनर ब्याट्सम्यान फिल साल्ट टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा एउटै टोलीविरुद्ध तीनवटा शतक प्रहार गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन् । उनले वेस्ट इन्डिजविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यस्तो कीर्तिमान बनाएका हुन् ।
भ्रमणकारी टोली इङ्ल्यान्डले आइतबार सम्पन्न पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इन्डिजलाई आठ विकेटले पराजित गरेको थियो । जितसँगै इङ्ल्यान्डले पाँच टी–२० खेलको शृंखलामा १–० को अग्रता पनि हासिल गरेको छ ।
ब्रिजटाउनमा सम्पन्न पहिलो एकदिवसीयमा इङ्ल्यान्डको जितमा ओपनर फिल साल्टले शतकीय योगदान गरेका थिए । विकेटकिपर ब्याट्सम्यान साल्टले अविजित एक सय तीन रन बनाएका थिए । उनले केवल ५४ बलको सामना गरी ६ छक्का र नौ चौका पनि प्रहार गरेका थिए ।
२८ वर्षीय साल्टले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो तेस्रो शतक हो । उनले तीनवटै शतक वेस्ट इन्डिजविरुद्ध बनाएका हुन् । साल्टले सन् २०२३ मा सेन्ट जर्जमा सम्पन्न टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इन्डिजविरुद्ध अविजित एक सय नौ रन बनाएका थिए । सन् २०२३ ममै तरोबामा सम्पन्न टी–२० अन्तर्राष्ट्रियमा पनि उनले वेस्ट इन्डिजविरुद्ध शतक प्रहार गरेका थिए ।
टी–२० अन्तर्राष्ट्रियमा एउटै टोलीविरुद्ध सर्वाधिक शतक प्रहार गर्ने खेलाडीको सूचिमा ग्लेन म्याक्सवेल, एविन लुइस, लेस्ली डनबर र मुहम्मद वसिम संयुक्त रुपमा दोस्रो स्थानमा छन् । सर्बियाका लेस्ली डनबरले बुल्गेरियाविरुद्ध दुईवटा शतक बनाएका छन् ।
यसैगरी, वेस्ट इन्डिजका एविन लुइसले भारतविरुद्ध टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुईवटा शतक हिर्काएका छन् । अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले भारतविरुद्ध दुईवटा शतक प्रहार गरेका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) का मुहम्मद वसिमले आयरल्यान्डविरुद्ध दुईवटा शतक हिर्काएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंको ढाँटवादलाई लोकप्रियतावाद भन्न मिल्दैन : ओली
-
रवि, दुर्गा र कुलमानप्रति ओलीको कटाक्ष : भ्रष्टाचार र ठगी सह्य छैन
-
बीवाईडीको १०० विद्युतीय गाडी डेलिभरी
-
पूर्वराजा ज्ञानेन्द्र शाह लुम्बिनीमा, तस्बिरहरु
-
जनमत पार्टीकी सांसद सापकोटालाई पदबाट नहटाउने सभामुखको निर्णय
-
कम्बोडियामा ३२ हजार करोड लगानी रहेको आरोपपछि ओलीले भने– अमेरिकाका बैंकको आधा सम्पत्ति मेरै हो ल !