जब लिजेलको नामसँग नसोचेको विश्व कीर्तिमान जोडिन पुग्यो !
काठमाडौँ । महिला बिग बास लिग क्रिकेटमा दक्षिण अफ्रिकी खेलाडी लिजेल लीले नयाँ कीर्तिमान बनाएकी छन् । होबर्ट हरिकेन्सबाट खेलिरहेकी उनले आइतबार सम्पन्न पर्थ स्कोर्चर्सविरुद्धको खेलमा कीर्तिमानी प्रदर्शन गरेकी हुन् ।
३२ वर्षीय विकेटकिपर ब्याट्सम्यान लिजेलले टोलीका लागि अविजित एक सय ५० रनको योगदान गरिन् । महिला बिग बास लिगको इतिहासमा उनी एउटै खेलमा सर्वाधिक रन बनाउने खेलाडीका रूपमा दरिन पुगेकी छन् ।
सन् २०१५–१६ सिजनदेखि सुरु भएको महिला बिग बास लिगको इतिहासमा यसअघि कुनै पनि खेलाडीले एउटै खेलमा एक सय ५० रन बनाउन सकेको थिएन । ओपनर ब्याट्र लिजेलले ७५ बलको सामना गरी १२ छक्का र १२ चौका पनि हिर्काएकी थिइन् ।
लिजेलले केवल ५१ बलमा शतक पुरा गरेकी थिइन् । पहिले ब्याटिङ गरेको होबर्ट हरिकेन्सले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर दुई सय तीन रन बनाएको थियो । त्यसमध्ये ७५ प्रतिशत रन त एक्लै लिजेलले बनाएकी थिइन् ।
जवाफी ब्याटिङमा ओर्लिएको पर्थ स्कोर्चर्सले भने १९.३ ओभरमा अलआउट हुनुअघि एक सय ३१ रनमात्र बनाउन सक्यो । उक्त खेलमा होबर्ट हरिकेन्स ७२ रनले विजयी भयो । लिजेल अन्तर्राष्ट्रिय महिला क्रिकेटमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी पनि बनेकी छन् ।
यसअघि सन् २०२३ को संस्करणमा ब्रिसबेन हिटकी ग्रेस ह्यारिसले पर्थ स्कोर्चर्सविरुद्ध ११ वटा छक्का प्रहार गरेकी थिइन् । सन् २०१७ मा सिड्नी सिक्सर्सकी एस गार्डनरले मेलबर्न स्टार्सविरुद्ध १० वटा छक्का हिर्काएकी थिइन् । अन्तर्राष्ट्रिय महिला टी–२० क्रिकेटमा पनि हालसम्म एउटै पालीमा कुनै पनि खेलाडीले १२ वटा छक्का प्रहार गर्न सकेको छैन ।
यसैगरी, महिला बिग बास लिगको इतिहासमा एउटै पालीमा सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा दोस्रो स्थानमा ग्रेस ह्यारिस दोस्रो स्थानमा छिन् । उनले अघिल्लो सिजनको बिग बास लिगमा अविजित एक सय ३६ रन बनाएकी थिइन् ।
लिजेलले बनाएको रन आईसीसीको पूर्णकालीन सदस्य राष्ट्रका कुनै पनि खेलाडीले टी–२०क्रिकेटमा बनाएको पाँचौँ ठूलो स्कोर पनि हो । ‘मैले यो उपलब्धिका बारेमा सोचेको थिइन । सायद, सपना पनि देखेकी थिइन । कुनै–कुनै दिन विशेष बनेर आइदिन्छ । गजबको इतिहास रच्न पाउँदा म निकै उत्साही छु,’ खेलपछि लिजेलले भनेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिथुआनिया पठाइदिने भन्दै ११ लाख ठग्ने गौतम पक्राउ
-
जीप दुर्घटना अपडेट : जीपमा सवार चारै जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : तीन वर्षदेखि विरामी सचिनलाई राज्यले गरेन सहयोगदेखि रविको ‘थाहा छैन’ थेगो संगठित अपराधको ‘कोड भाषा’!
-
बझाङमा जिप दुर्घटना, तीन जनाको मृत्यु
-
१२ अर्ब बजेटको समीक्षामा खर्बौंका आयोजनामाथि बहस
-
एमालेले भीम रावललाई निष्कासन गरेको विषयमा माओवादीले भन्यो– तानाशाही हर्कत !