बायर्नको संघर्षपूर्ण जित, १० खेलाडीमा सीमित डर्टमण्ड स्तब्ध

बर्लिन । जमाल मुसियालाको निर्णायक गोलको मद्दतले बायर्न म्युनिखले सेन्ट पाउलीलाई हराउँदै बुन्डेस लिगाको शीर्ष स्थानमा पकड बलियो बनाएको छ ।
सेन्ट पाउलीले सुरुवातदेखि नै बायर्नको आक्रमणलाई विफल बनाएको थियो । तर, २२ औँ मिनेटमा ३० मिटर टाढाबाट उत्कृष्ट गोल गर्दै मुसियालाले बायर्नलाई अग्रता दिलाए ।
पहिलो हाफमा खेल नियन्त्रणमा राखे पनि बायर्नले गोलका अवसरहरू भने धेरै सिर्जना गर्न सकेन । पहिलो हाफमा सेन्ट पाउलीका लागि कारोल मेस्टले गोलका लागि प्रयास गरे पनि सफल हुन सकेनन् ।
दोस्रो हाफमा पनि बायर्नले खेलमा नियन्त्रण कायम राख्यो । तर, लामो समयसम्म ह्यारी केनको हेडरबाहेक टोलीले विपक्षीको पोस्टमा खासै आक्रमण भने गर्न सकेन । खेलको अन्त्यतिर भने लेरोय साने र मुसियालाले गोलको प्रयास गरेका थिए ।
उता, १० खेलाडीमा सीमित बोरुसिया डर्टमण्ड माइन्जसँग १–३ गोलले पराजित भएको छ । खेलको २७ औँ मिनेटमा एमरे च्यानले रातो कार्ड पाएका थिए ।
यसको फाइदा उठाउँदै जे सुङ लिले ३६ औँ मिनेटमा माइन्जलाई अग्रता दिलाए । तर, ४० औँ मिनेटमा सेरहो गुइरासीले डर्टमण्डका लागि पेनाल्टीबाट बराबरी गोल फर्काए ।
पहिलो हाफको अन्त्यतिर जोनाथन बुरकार्डटले पुनः माइनजलाई खेलामा अगाडि बढाए भने दोस्रो हाफको सुरुवातमा पाउल नेबेलले अर्को गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
१० खेलपछि बायर्नको २६ अङ्क रहेको छ । दोस्रो स्थानमा रहेको आरबी लेइपजिगको समान खेलबाट २१ अङ्क छ । डर्टमण्ड भने १६ अङ्कसहित सातौँ स्थानमा सीमित रहेको छ । माइन्ज १३ अङ्कसहित ११ औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रीका स्वकीय सचिवको सुसाइड नोट, ‘गिरोहले अफवाह फैलाए, मलाई बदनाम गराए’
-
एप स्टोरबाट एप्पलले हटायो १ लाख ३५ हजार एप
-
रम्तेल स्मृति राष्ट्रिय पुरस्कार आमा सरिमायालाई
-
परराष्ट्रमन्त्री राणाद्वारा स्पेन र स्लोभाकियाका विदेशमन्त्रीसँग भेटवार्ता
-
मौद्रिक नीतिको दोस्रो समीक्षाबारे निजी क्षेत्रको प्रतिक्रिया : बैंकले मागेजस्तै आयो
-
प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबिच भेट