बुधबार, २८ कात्तिक २०८१
ताजा लोकप्रिय

संवाद, सहकार्य र सहअस्तित्वका आधारमा अघि बढे मुलुकलाई अगाडि बढाउन सकिन्छ : मुख्यमन्त्री कार्की

आइतबार, २५ कात्तिक २०८१, ०८ : २२
आइतबार, २५ कात्तिक २०८१

विराटनगर । महागुरु फाल्गुनन्दको उपदेश र मार्गदर्शनलाई पालन गरे धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबिच सहिष्णुता र सद्भाव कायम गर्न सकिने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् । 

आज किराँत धर्मका महागुरु फाल्गुनन्दको १ सय ४० औँ जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले अहिंसावादी, सत्य वचन र धर्मकर्ममा निष्ठावान् समाज सुधारक महागुरु फाल्गुनन्दले देखाएको सत्मार्गको पालनमा जोड दिए ।

मुख्यमन्त्री कार्कीले भने–जीवनको अन्तिम अवस्थासम्म भाषा, लिपी, संस्कार संस्कृति, शिक्षा र समाज सुधारका साथै किराँत धर्मको उत्थान तथा संरक्षणको निम्ति लागिरहने प्रेम र अहिंसाका प्रतीक फाल्गुनन्दको मार्गदर्शनले राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिन्छ । ु

मुख्यमन्त्री कार्कीले संवाद, सहकार्य र सहअस्तित्वका आधारमा अघि बढेर मुलुकलाई अगाडि बढाउन सकिनेमा जोड दिएका छन् । भिडियो सन्देश समेत जारी गर्दै मुख्यमन्त्री कार्कीले महागुरु फागुनन्दको योगदानको चर्चा गरेका छन् । 

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको विस १९४२ सालमा कोशी प्रदेशको इलाममा जन्म भएको थियो । फाल्गुनन्दलाई नेपाल सरकारले २०६६ साल मङ्सिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको हो । कोशी प्रदेश सरकारले उनको जन्मजयन्तीको दिनमा सार्वजनिक बिदा समेत दिँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप