पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान
आइतबार, २५ कात्तिक २०८१, ०७ : २५

काठमाडौँ । पोखरा विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान भएको छ । विश्वविद्यालयको नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सिफारिस सम्बन्धी कार्यविधि, २०८१ बमोजिम दरखास्त आह्वान गरेको हो ।
समितिले आज एक सूचना जारी गदै इच्छुक तथा योग्य व्यक्तिले कार्यविधिको अनुसूची– १ मा उल्लेख गरिएको ढाँचामा यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १० दिनभित्र नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च शिक्षा शाखामा कार्यालय समयमा दरखास्त पेस गर्न आह्वान गरेको छ ।
दरखास्त दिने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसपछि कार्यालय खुलेको दिनको कार्यालय समयभित्र दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।
अनलाइन माध्यमबाट दरखास्त पेस गर्ने व्यक्तिले मन्त्रालयको वेबसाइट www.moest.gov.np मा दिइएको लिङ्कमा गई दरखास्त दिन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालको ओखलढुङ्गा जिल्ला अध्यक्षमा प्रकाश तामाङ निर्वाचित
-
यातायात कार्यालय पाल्पा : सेवाप्रवाह छिटोछरिता हुँदा राजस्व सङ्कलनमा वृद्धि
-
बागमतीका मन्त्रीहरूको कार्य सम्पादन समीक्षा आज
-
असन्तुष्टिमा खेल्ने प्रचण्ड र ज्ञानेन्द्रको योजना प्रत्युत्पादक, ओलीलाई हाइसन्चो !
-
नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातिको सवारी आवागमन वैशाख ३१ सम्म रोकिने
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची