‘शब्दथुम’लाई विमल कृति पुरस्कार

सुनसरी । विमल कृति पुरस्कार–२०८० इलामका कवि प्रकाश थाम्सुहाङको निबन्ध कृति शब्दथुमलाई प्रदान गरिएको छ ।
कवि विमल गुरुङको ५३औँ जन्मजयन्तीका अवसरमा कवि विमल गुरुङ स्मृति पुस्तकालय धरानले दुई लाख राशिसहितको पुरस्कार प्रदान गरेको हो ।
धरान उपमहानगरपालिका–१८ स्थित पुस्तकालयको हलमा शनिबार सम्पन्न ३३औँ राष्ट्रिय कविता महोत्सवका अवसरमा आयोजित कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा भीम खतिवडा र कवि पुस्तकालयका सञ्चालक पूर्णबहादुर गुरुङले उक्त पुरस्कार प्रदान गरे।
कृति पुरस्कारका लागि देश तथा विदेशमा रहेका नेपालीभाषी, लेखक, साहित्यकार सर्जकबाट विभिन्न विधाका जम्मा एक सय दुई कृति प्राप्त भएकामध्येबाट निर्णायक समितिको सिफारिसअनुसार कवि साहित्यकार थाम्सुहाङको निबन्ध कृति पुरस्कृत भएको पुस्तकालयका उपाध्यक्ष प्रदीप मेन्याङ्वोले जानकारी दिए ।
सोही अवसरमा युवाकवि विवेक विवश रेग्मीलाई यस वर्षको कवि विमल गुरुङ स्मृति पुस्तकालय युवा प्रतिभास्वरुप प्रदान गरिएको थियो । पुरस्कारको राशि १० हजार रहेको छ । यसैगरी, एक सय तीन वर्षीया ज्येष्ठ नागरिक दिलमाया गुरुङलाई पाँच हजारसहित सम्मान गरिएको थियो । साथै सिक्किमका लेखक टिबीचन्द्र सुब्बा र विरेन गुरुङलाई पनि नगदसहित सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक
-
हिउँ चितुवा संरक्षणका लागि अन्तरदेशीय सहकार्य आवश्यक : मन्त्री शाही
-
पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन