शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

निर्माण सकिएको तीन वर्षमै शिव–बुद्ध उद्यान जीर्ण

शनिबार, २४ कात्तिक २०८१, २३ : ०७
शनिबार, २४ कात्तिक २०८१

रामेछाप । निर्माण कार्य सम्पन्न भएको तीन वर्ष नबित्दै रामेछापको खाँडादेवी गाउँपालिका–६ माकादुमको घ्यानसिङ डाँडामा निर्माण गरिएको शिब–बुद्ध उद्यान जीर्ण बनेको छ । 

खाँडादेवी गाउँपालिकाले २०७८ सालमा १० लाखको लागतमा निर्माण गरेको उक्त उद्यान संरक्षण अभावमा जीर्ण बन्दै गएको हो ।

गाईबाख्रा चराउने र घाँसदाउरा गर्नेहरुले उद्यानका संरचना तोडफोड गरेका छन् । उद्यानका गमला फुटालिएका छन् भने पानीको फोहरा दिने विद्युतीय तार चुँडाइएको छ ।   

उक्त उद्यानबाट वरिपरिको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ शिव र बुद्धको मूर्ति राखिएको छ । फूलका गमलाले उद्यानलाई सजाइएको छ । पालिकाले यसको संरक्षण गर्न जरुरी रहेको सिन्धुलीबाट उद्यान घुम्न आएका राजन कार्कीले बताए । 

खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले उद्यान चाँडै मर्मत गरिने बताए । यहाँ आन्तरिक र बाह्य पर्यटक दृश्यावलोकनका लागि बेलाबेलामा आउने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप