शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

टोखामा सडक नेवाः खाजा महोत्सव

शनिबार, २४ कात्तिक २०८१, २२ : ३३
शनिबार, २४ कात्तिक २०८१

काठमाडौँ । काठमाडौँको उत्तरी क्षेत्र टोखामा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि टोखा नेवाः सडक खाजा महोत्सव आयोजना गरिएको छ ।

टोखा नगरपालिका–२ र ३ को आयोजना तथा नेवाः गुठी र  टोखा सांस्कृतिक संरक्षित क्षेत्र विकास समितिको व्यवस्थापनमा आज महोत्सव आयोजना गरिएको हो । टोखा गेटदेखि गणेशस्थान मन्दिरसम्म सडक खाजा महोत्सवका साथै विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको टोखा नेवाः गुठीका अध्यक्ष रमेश नापितले जानकारी दिए। 

उनले टोखामा आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धनका लागि महोत्सव आयोजना गरिएको बताए  । धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले धनी टोखामा स्थानीय दिदी बहिनीले बनाएका खानाका परिकार र उत्पादन गरेका हस्तकलाका सामग्री प्रदर्शन गरिएका उनले जानाकरी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप