बागमती सफाइ महाअभियान ६ सयौँ हप्तामा
काठमाडौँ । ‘राष्ट्रका नाममा सातामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको बागमती सफाइ महाअभियान छ सयौँ हप्तामा प्रवेश गरेको छ ।
बागमती सरसफाइको छ सय हप्ता पुगेको उपलक्ष्यमा बागमती सरसफाइ महाअभियानले आज आयोजना गरेको ‘स्वच्छता मेरो पहिचान, सफाइमा मेरो योगदान’ परिसंवादमा आयोजना गर्यो ।
त्यसक्रममा बागमती सफाइका लागि निजी तथा सरकारी क्षेत्रबाट भए/गरेका काम कारबाही तथा आगामी योजनाका विषयमा छलफल भएको थियो । कार्यक्रममा अभियानका शुभारम्भकर्ता एवं चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले आमनागरिकमा बागमती हाम्रो सभ्यता र संस्कृति भएकाले यसलाई फोहोर गर्नु हुँदैन भन्ने चेतनाको विकास हुनु नै यस अभियानको ठूलो उपलब्धि रहेको बताए । उनले भने, “बागमती सफाइ महाअभियानले राम्रो सन्देश दिइरहेको छ, सबैमा बागमती सफा राख्नुपर्छ भन्ने चेतनाको विकास हुँदै गएको छ, यो राम्रो सन्देश हो ।”
कार्यक्रममा बागमती महाअभियानका अभियन्ता एवं पूर्वमुख्य सचिव लीलामणि पौडेल, गोकर्णेस्वर नगरपालिका प्रमुख दीपककुमार रिजाल, डा.सुमित्रा अमात्य, वरिष्ठ पत्रकारद्वय युवराज घिमिरे, हरिबहादुर थापा, बागमती सभ्यता आयोजनाका निमित्त प्रमुख उद्धव नेपाललगायतको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
-
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
-
आन्तरिक राजस्वमा ४० प्रतिशत वृद्धि, सशर्त, समपूरक र विशेष अनुदानमा २२.१ प्रतिशतले कमी
-
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
यी दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना