भिनिसियसको ह्याट्रिक तर रियललाई घाइते खेलाडीको पीडा

मड्रिड । भिनिसियस जुनियरको ह्याट्रिकको मद्दतले रियल मड्रिडले ला लिगामा ओसासुनाविरुद्ध सहज जित हात पारेको छ । शनिबार राति भएको खेलमा रियल ४–० गोलले विजयी बन्यो ।
योसँगै रियलको लगातार दुई खेलको हारको शृङ्खलामा पूर्णविराम लागेको छ । खेलको ३४ औँ मिनेटमा जुड बेलिङह्यामको पासमा भिनिसियस जुनियरले रियललाई अग्रता दिलाए । ४२ औँ मिनेटमा बेलिङह्यामले टोलीको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफको ६१ औँ मिनेटमा भिनिसियसले टोलीका लागि तेस्रो गोल गरे । ८ मिनेटपछि उनले आफ्नो ह्याट्रिक पूरा गरे । खेलमा रियलका खेलाडीहरू एकपछि अर्को घाइते भएका थिए । रोड्रिगो २० मिनेटपछि मैदान छाड्न बाध्य भए भने एडर मिलिटाओ अझ गम्भीर घाइते हुँदै बाहिरिएका थिए । त्यस्तै, लुकास भाज्क्वेजले पनि दोस्रो हाफ खेल्न सकेनन् ।
रियलका ड्यानी कार्भाहाल गत महिना घाइते भएका थिए भने डेभिड अलाबा पनि घुँडाको चोटका कारण मैदान बाहिर रहेका छन् । जीतपछि रियलले शीर्ष स्थानमा रहेको बार्सिलोनासँग दुरी ६ अंकमा झारेको छ । टोलीको १२ खेलबाट २७ अंक छ । १३ खेलबाट २१ अंक बटुलेको ओसासुना पाँचौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनए उच्चस्तरीय समितिको बैठक आह्वान
-
अमेरिकामा ट्रम्पसँग कुन प्रश्नको स्पष्ट उत्तर चाहन्छन् जेलेन्स्की ?
-
गणतन्त्रविरुद्धको आन्दोलन सम्भव छैन : पूर्व उपराष्ट्रपति पुन
-
‘दुश्मन हेरेको हेरै...’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ
-
महाशिवरात्रिमा पाँच फिल्म : कुनै घोषणा, कुनै फ्लोरमा
-
विद्यार्थीका सिर्जनामा स्वयम्भूका सभ्यता, संस्कृति र सम्पदा