गाजामा भएको इजरायली हमलामा १४ जनाको मृत्यु

गाजा । गाजामा शनिबार भएको इजरायली हमलामा १४ जना प्यालेस्टिनीको मृत्यु भएको गाजाको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ । एजेन्सीका अनुसार मृत्यु हुनेमा अधिकाशं महिला तथा बालबालिका रहेका छन् ।
खान युनिसको दक्षिणी क्षेत्र स्थित विस्थापित प्यालेस्टिनीको निवासमा भएको हमलामा उनीहरुको मृत्यु भएको नागरिक सुरक्षा प्रवक्ता महमुद बासलले बताएका छन् । प्यालेस्टिनी मानव अधिकारवादी संस्था रेड क्रिसेन्टले आक्रमणमा घाइते भएका ११ जनालाई उपचारका लागि अस्पतालमा लगिएको पुष्टि गरेको छ ।
गाजाको अल–तुफाह जिल्ला स्थित हजारौं विस्थापितको आश्रय स्थल फहद अल–सबाह स्कूलमा भएको इजरायली आक्रमणमा बच्चासहित पाँच जनाको मृत्यु हुनुका साथै करिब २२ जना घाइते भएको बासलले जनाएका छन् । उनले घाइतेहरूलाई अल–अहली अरब अस्पतालमा लगिएको बताएका छन् ।
यसैबीच, इजरायली सेनाले उत्तरी गाजाको जबालिया क्षेत्रमा दर्जनौँ आतङ्ककारीको मृत्यु भएको जनाएको छ भने रफाहमा धेरै लडाकुहरूको मृत्यु भएको जनाएको छ ।
सेना हाल लेबनानमा हिजबुल्लाह र गाजामा हमाससँग लडिरहेका सैनिकहरूसँग दुई मोर्चाको युद्धमा संलग्न छ । पछिल्लो आक्रमणमा सनाले लेबनान र गाजामा ५० भन्दा बढी आतंककारी लक्ष्यहरूमा आक्रमण गरेको विज्ञप्तिमा उल्लेख छ । आक्रमण सैन्य संरचना, हतियार भण्डारणलगायतका क्षेत्र लक्षित रहेको विज्ञप्तीमा जनाइएको छ ।
गाजाको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार इजरायलको सैन्य आक्रमणले अधिकाशं नागरिकसहित कम्तिमा ४३ हजार ५०८ जनाको ज्यान लिइ सकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता
-
प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम
-
१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सागर श्रेष्ठ नियुक्त