एसीसी यू–१९ एसिया कपका लागि नेपाली टोली घोषणा
![एसीसी यू–१९ एसिया कपका लागि नेपाली टोली घोषणा](https://npcdn.ratopati.com/media/news/hemant-dhami_i43695ob1B.jpg)
काठमाडौँ । एसीसी यू–१९ एसिया कप २०२४ का लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार हेमन्त धामीको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरेको हो ।
टोलीमा अर्जुन कुमाल उपकप्तान रहेका छन् । त्यस्तै, आकाश त्रिपाठी, उत्तम रंगु थापा मगर, मायन यादव, नरेन साउद, उनिष विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव र युवराज खत्री छन् ।
त्यस्तै, रोशन विश्वकर्मा, विपिनकुमार महतो, राजेश यादव, दयानन्द मण्डल, अपराजित पौडेल, अभिषेक तिवारी, दिल्साद अली र रञ्जित कुमार टोलीमा समावेश गरिएका छन् । टोलीको मुख्य प्रशिक्षकमा शक्ति गौचन छन् भने धीरेन्द्र चन्द सहायक प्रशिक्षक छन् ।
प्रतियोगिता २९ नोभेम्बरदेखि ८ डिसेम्बरसम्म यूएईमा आयोजना हुँदैछ । प्रतियोगितामा ८ वटा टोली सहभागी छन् ।
प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन बंगलादेशसहित अफगानिस्तान, भारत, पाकिस्तान र श्रीलंका छन् । त्यस्तै, नेपालसँगै जापान र यूएईले प्रतियोगिता खेल्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा ‘नेपाल-भारत’ रङ्ग महोत्सव, कुन-कुन नाटक भइरहेछन् प्रस्तुत ?
-
गाजाबाट प्यालेस्टाइनीलाई लखेटेर अधिग्रहण गर्ने ट्रम्पको प्रस्ताव सहयोगी राष्ट्रहरुले गरे रिजेक्ट
-
जब बेलायती राजकुमारले भक्तपुरमा काठमा बुट्टा कुँदे...
-
बूढानिलकण्ठलाई युनेस्को विश्वसम्पदा सूचीमा पार्न पहल
-
तोकिएको मितिमा अधिवेशन गर्न अध्यक्ष थापाको निर्देशन
-
गोरखामा दुई वटा चितुवा मृत फेला