पर्यटन प्रवर्द्धनका लागि सम्पदा साइकल यात्रा (तस्बिरहरू)
पाल्पा । पाल्पाका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि सम्पदा साइकल यात्रा हेरिटेज राइड गरिएको छ । सम्पदा यात्रामा देशभरका १ सय ५० भन्दा बढी साइकल यात्रीले सहभागिता जनाएका थिए ।
पाल्पा दरबार सङ्ग्रहालय तानसेन बाट सुरु भएको साइकल यात्रा तानसेनका धार्मिक स्थलमा पुगेर रिब्दिकोट्को भैरवस्थान मन्दिर पुगेका थिए । साथै ख्याहाको पर्यटकीय क्षेत्र भ्रमण गरेका थिए । तानसेन १४ को अर्गली दरबार, रुरु ऋषिकेश मन्दिर पुगी , रिडीबाट फर्किएर पर्यटकीय क्षेत्र रानीमहल, देवदत्तपार्क, लिस्ने भीर लगायतका धार्मिक तथा ऐतिहासिक क्षेत्रको परिक्रमा गरिएको छ ।
साइकल यात्रामा सहभागीलाई तानसेन टुँडिखेलबाट धिमे बाजासहित पाल्पा दरबार सङ्ग्रहालय परिसरबाट यात्रा सुरु भएको थियो । सम्पदा साइकल यात्राको समुद्घाटन गर्दै उद्योग तथा पर्यटन विकास मन्त्रालयका लुम्बिनी प्रदेश का मन्त्री प्रचण्ड विक्रम न्यौपानेले पाल्पाको पर्यटन प्रवर्द्धनमा सम्पदा यात्राले ठुलो टेवा पुग्नुका साथै पाल्पालाई साइकल हबको रूपमा स्थापित गर्न धेरै सहयोग पुर्याउने बताएका थिए ।
नेपालभर बाट १४ वर्ष उमेर देखी ६५ वर्ष उमेर सम्मका व्यक्तिहरू साइकल यात्रामा सहभागी रहेका पाल्पा साइक्लिङ संघका अध्यक्ष रूपेश महर्जनले जानकारी दिए । साइकल यात्रामा २ जना अपाङ्ग, १ जना महिलाको पनि सहभागिता भएका थिए ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पूर्णबहादुरको सारंगी’ले १० हलमा मनायो १०० दिन, अहिलेसम्मको व्यवसाय कति ?
-
भारतको सहयोगमा निर्माण हुने वर्थिङ सेन्टरको भवन शिलान्यास
-
युक्रेनी हिरासतबाट फर्किएका नेपालीको अनुभव– अहिले युक्रेन जानु सुगाको पिँजडामा पर्नु जस्तै हो
-
वार्षिक १० हजारलाई रोजगारी दिने कार्यक्रमको कानुन निर्माण प्रक्रिया अघि बढाउने सहमतिसँगै हट्यो संसद्को गतिरोध
-
घरेलु मैदानमा जितविहीन बन्दै टुंगियो नेपाली टोलीको यात्रा, थाइल्यान्डसँग ७ विकेटले पराजित
-
अलपत्र शीतभण्डार सञ्चालनमा ल्याउन निर्देशन