सोमबार, ०३ मङ्सिर २०८१
ताजा लोकप्रिय

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा परेर १० जनाको मृत्यु

शनिबार, २४ कात्तिक २०८१, १६ : ४४
शनिबार, २४ कात्तिक २०८१

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

  • सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१४ रातानाङला भन्ने स्थानमा दैलेखबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र.००१ख ९९८ नम्बरको फोर्स गाडी सडकबाट करिब १ सय मिटर तल खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका गाडीमा सवार ९ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने १० जना उपचार पश्चात डिस्चार्ज भएका छन् । साथै गाडीमा सवार अन्य ११ जनालाई उपचारको लागि नेपालगन्जतर्फ पठाइएको छ । 
  • मुस्ताङ, थासाङ गाउँपालिका-४ अन्नपुर्ण चेकपोष्ट अगाडि सडकमा पोखराबाट जोमसोमतर्फ जाँदै गरेको ग.१ ख ६७४५ नम्बरको बसको ठक्करबाट पैदलयात्री म्याग्दी धवलागिरी गाउँपालिका-६ मराङ गाउँ बस्ने ५० वर्षीय सम बहादुर बिकको शुक्रबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी अस्पताल पोखरामा थप उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
  • पाँचथर, हिलिहाङ गाउँपालिका-६ ढकाल गाउँस्थित सडकमा ताप्लेजुङदेखि फिदिमतर्फ जाँदै गरेको ना.४ ख ७१२३  नम्बरको ट्रक शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्रकमा सवार हिलिहाङ गाउँपालिका-३ बस्ने ५६ वर्षीय भवानी शंकर पौडेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल पाँचथर फिदिममा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्रक चालक समेत २ जनाको बिएण्डसी अस्पताल झापामा उपचार भइरहेको छ । 
  • महोत्तरी, बर्दिबास नगरपालिका-५ टुटेश्वर जंगलस्थित सडकमा ना.८ ख ३१६ नम्बरको टिपरले ना.४ त ६८२३ नम्बरको ट्याक्टरलाई शुक्रबार साँझ ठक्कर दिँदा ट्याक्टरको ट्रलीमा सवार सर्लाही ईश्वरपुर नगरपालिका-१२ बस्ने ३५ वर्षीय सन्तोष मगरातीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शुभ स्वस्तिक अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरको ट्रलीमा सवार अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
  • सर्लाही, ईश्वरपुर नगरपालिका-१ स्थित सडकमा शंकरगंजबाट मोहनगंजतर्फ जाँदै गरेको प्र.२-०२-००२ प ५८८२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ब्रहम्पुरी गाउँपालिका-७ बस्ने ७० वर्षीया देवकी महतोको शुक्रबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल मलंगवामा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
  • धनुषा, मिथिला बिहारी नगरपालिका-२ पुरनदाहा चोकस्थित सडकमा जनकपुरबाट धनुषाधामतर्फ जाँदै गरेको प्र.२-०२-००२ प ४६१५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४९ वर्षीय विनोद यादवको शुक्रबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
  • बागलुङ, ढोरपाटन नगरपालिका-३ टारीबान्द्रे भिरस्थित सडकमा बुर्तिबाङदेखि घोसातर्फ जाँदै गरेको लु.१ च ६९३८ नम्बरको पिकअप जिप अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक ढोरपाटन नगरपालिका-३ पुर्कोट बस्ने ३६ वर्षीय किसान बिकको घटनास्थलमै मृत्यु भएको छ । 

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप