जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
शनिबार, २४ कात्तिक २०८१, १६ : ४१
![जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ](https://rpcdn.ratopati.com/media/albums/arrest-jail-group-cartoon_7ectnfd90S.jpg)
काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका-७ दक्षिणढोकाबाट जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् ।
सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका-१ घर भएका ३६ वर्षीय दीपक लामिछानेको घरमा जुवातास खेलिरहेको अवस्थामा लामिछाने समेत ११ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख २३ हजार रुपैयाँ, कौडा १६ थान र ३ बुक तास सहित पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदभित्रै लाग्यो नारा : महान् जनयुद्ध जिन्दाबाद !
-
सांसदको प्रश्न– बाँदर बेच्ने प्रयास के भइरहेको छ ?
-
आप्रवासी लखेट्ने ट्रम्पको नीतिले अमेरिकी आर्थिक वृद्धिदर खुम्च्याउने चेतावनी
-
बजार परिसूचक र कारोबार दुवै घट्यो, हाइलाइटमा यी पाँच कम्पनी
-
पाथीभरा केबलकार विवाद : सहमति नभएपछि पुनः आन्दोलनको घोषणा
-
‘मेक्सिको खाडी’ अबदेखि हुने भयो ‘अमेरिका खाडी’