फ्लाई दुबईको जहाज पहिलो पटक भैरहवामा
शनिबार, २४ कात्तिक २०८१, १६ : ११

बुटवल । फ्लाई दुबईको जहाज शनिबार पहिलो पटक भैरहवामा उडान गरेको छ । आज दिउँसो दुबईबाट आएको जहाज गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
जहाजमा १५९ यात्रु आएका थिए। जसमा १० जना भैरहवामा ओरालेकोको विमानस्थलका सूचना अधिकारी विनाेदसिंह रावतले जानकारी दिए। बाँकी यात्रु काठमाडौँ गएका छन्। अब विमानले दैनिक दुबई-भैरहवा-काठमाडौँ उडान गर्नेछ।
यसअघि बिहान जजिराले भैरहवाबाट उडान गरेको थियो । बिहान जजिरा एयरवेजले १७१ जना ल्याएको र जाँदा १६८ जना लगेको थियो ।
यस्तै नेपाल एयरलाइन्स पनि भैरहवा आउने छ ।आज राति १० बजेर २० मिनेटमा काठमाडौँबाट भैरहवा आएर ११ बजेर २५ मिनेटमा जाने जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको असंलग्न परराष्ट्र नीति होइन, संलग्न परराष्ट्र नीति बनाउनपर्छ : राजेन्द्र महतो
-
४७ जना सहसचिवको सरूवा, को कहाँ ? (सूचीसहित)
-
आलेविरुद्ध लेखा समितिले पनि थाल्यो छानबिन
-
ट्रम्पका कारण बढिरहेछ सुनको भाउ, कतिमा गएर रोकिएला ?
-
शपथ खाएको २४ घण्टा नबित्दै मधेस मिडिया काउन्सिलका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा
-
५८ करोडको आयात हुँदा १८ हजारको निर्यात ! कहाँ गयो सुपारी ?