सचिवालय बैठक
एमाले सचिवालय बैठक : लिलाबल्लभलाई हटाउने निर्णय अनुमोदन
शनिबार, २४ कात्तिक २०८१, १५ : ४७

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकले नेता लिल्लाबल्लभ अधिकारीलाई सबै जिम्मेवारीबाट हटाउने कोशी प्रदेश कमिटीको निर्णय अनुमोदन गरेको छ । शनिवार काठमाडौँमा बसेको सचिवालय बैठकले सो निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनले भने– ‘कोशी प्रदेशका आन्तरिक मामिला मन्त्री लिलाबल्लभ अधिकारीमाथि गम्भीर प्रश्न उठेकोले कोशी प्रदेश कमिटीले पार्टीका सबै जिम्मेवारीहरूबाट मुक्त हुने गरी गरेको निर्णयलाई अनुमोदन गरेको छ । उनको बारेमा लागेको आरोपहरूको वस्तुनिष्ठ र तथ्यपरक ढङ्गले राज्यका निकायले छानबिन गरुन् त्यो छानबिनमा पार्टीको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।’
जापानमा मानव तस्करीमा संलग्नताको आरोप लागेपछि घिमिरेले मन्त्री र पार्टीको जिम्मेवारीबाट राजीनामा गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा तालिवानविरूद्धको कारबाहीका क्रममा झडप, सर्वसाधारणसहित आठ सैनिकको मृत्यु
-
पहिलो जीतको खोजीमा रहेका गुजरात र मुम्बईको भिडन्त आज
-
घलेगाउँमा ग्रामीण पर्यटन प्रवद्र्धन तथा रजतजयन्ती समारोह हुँदै
-
राजावादीहरूको हिंसात्मक प्रदर्शन : दोषीलाई कानुनी दायराभित्र ल्याउन रास्वपाको माग
-
‘कुनै पनि बहानामा हिंसात्मक गतिविधि स्वीकार गर्न सकिँदैन’
-
रमेश लेखकलाई माधवको प्रश्न : प्रहरी प्रशासनले तपाईंको आदेश मान्न छोडेकाे हाे ?