लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.लामा र जजिरा एयरवेज सीइओ बराथनबिच भेटवार्ता

बुटवल । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) सँग जजिरा एयरवेजका प्रमुख कार्यकारी अधिकृत (सीइओ) बराथन पशुपतिले लुम्बिनीमा भेटवार्ता गरेका छन् । भेटवार्तामा हवाई माध्यमबाट भगवान् बुद्धको जन्मस्थल लुम्बिनीमा हवाई माध्यमबाट पर्यटक ल्याउने विषयमा छलफल भएको छ ।
उपाध्यक्ष लामाले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु गरेकोमा एयरवेजलाई धन्यवाद समेत दिए । पशुपतिले संसारभरका बौद्धमार्गीहरुलाई सहुलियत दरमा लुम्बिनी ल्याउन सक्दो प्रयत्न गर्ने प्रतिबद्धता जनाएका छन् । उनले उडान सुचारु हुनु सकारात्मक भएको भए पनि नियमित उडानका लागि वैदेशिक रोजगारीमा जानेहरूका लागि श्रम र स्वास्थ्य परीक्षण जस्ता आवश्यक सुविधाहरू भैरहवाबाट उपलब्ध गराउन पहल गरिदिन आग्रह गरे ।
भेटवार्तामा सहभागी रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले यथाशीघ्र वैदेशिक रोजगारीमा जानेहरूका लागि आवश्यक सम्पूर्ण सुविधाहरू उपलब्ध गराउने विषय पहल भइरहेको जानकारी दिए । भेटमा जजिरा एयरवेज नेपाल प्रतिनिधि, रुपन्देहीका सुरक्षा प्रमुखहरू र एयरवेजका कार्मचारीहरुको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साइन रेसुङ्गा राष्ट्रिय टेन के रनमा सन्तोषी र मिङ्मार च्याम्पियन
-
डुबेर दुई बालकको मृत्यु
-
नेपाली राजनीतिमा देउवाको मौनता, ओलीको समृद्धि र प्रचण्डको गणित
-
पोर्चुगलमा नेपाली दूतावास स्थापना
-
विभिन्न स्थानबाट लागु औषधसहित १२ जना पक्राउ
-
मन्त्रीको विरोध गर्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको ताकेता