तेस्रो खेलमा यूएईसँग स्तब्ध बन्यो नेपाल
काठमाडौँ । आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (यूएई) सँग १३ रनले पराजित भएको छ । १ सय २३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक ४८ रन बनाइन् । उनले ४३ बलमा ५ चौका हिर्काइन् । साना प्रवीण र सोनी पाख्रिनले १९–१९ रनको योगदान दिए ।
ज्योत्सनिका मरासिनी ११ रन बनाउँदै नटआउट रहिन् । यूएईका लागि इन्धुजा नन्दकुमार, लाभन्या केनी र मेहक ठाकुरले १–१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २२ रन बनाएको थियो । यूएईका लागि रिनिथा रजितले सर्वाधिक ४८ रनको इनिङ्स खेलिन् । उनले मात्र ३३ बलमा ५ चौका र २ छक्का प्रहार गरिन् ।
त्यस्तै, ओपनर लभान्या केनीले ३२ बलमा २० रन जोडिन् । इन्धुजा नन्दकुमारले १४ बलमा १२ रनको योगदान दिइन् ।
नेपालका लागि रिया शर्माले ४ ओभर बलिङ गर्दै मात्र १२ रन खर्चेर ३ विकेट लिइन् । कप्तान पूजा महतो, करिस्मा गुरुङ र सीमा केसीले १–१ विकेट हात पारे ।
गत बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेलेको थियो । उक्त खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।
नेपालले आफ्नो दोस्रो खेल बिहीबार कुवेतसँग खेलेको थियो । उक्त खेलमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो ।
प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आइसीसी यू–१९ महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ । यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अल्लु अर्जुनको घरमा आक्रमण
-
धनगढीको एक मोबाइल पसलमा आगलागी
-
सम्पत्ति शुद्धीकरण निवारणमा नेपालको अवस्था कमजोर, कालोसूचीमा पर्ने सम्भावना
-
अनमोल र आँचल उत्कृष्ट अभिनेता अभिनेत्री, फिल्ममा ‘पुजार सार्की’
-
नबिल बैंकद्वारा जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई अस्थायी आवास हस्तान्तरण
-
उपकुलपतिको ढोका अगाडि ३५ बुँदे मागसहित १२ दिनदेखि धर्ना