इजरायली हवाई आक्रमणमा तीन जनाको मृत्यु, ३० जना घाइते

बेरुत । इजरायली हवाई आक्रमणमा शुक्रबार राति दक्षिणपश्चिमी लेबनानी सहर टायरमा तीन जनाको मृत्यु हुनुका साथै अन्य ३० जना घाइते भएको लेबनानी सेना स्रोत र स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आक्रमणमा दुई इजरायली लडाकु विमानहरूले मध्य टायरका दुई भवनहरूमा आक्रमण गरेका थिए । यसले ठूलो आगो निम्त्यायो र नजिकैको अपार्टमेन्टहरूलाई ठूलो क्षति पुर्यायो ।
राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले एम्बुलेन्सहरूले घाइतेहरूलाई स्थानीय अस्पतालहरूमा पुर्याएको जनाएको छ । मृत्यु हुनेको सङ्ख्या बढ्ने अनुमान गर्दै अस्पतालहरूले रक्तदानको लागि तत्काल आह्वान गरे ।
सिभिल डिफेन्स अफ द इस्लामिक मेसेज स्काउट्सले भग्नावशेषबाट बाँचेका तीन जनाको उद्धार गरेको र अरूलाई खोज्ने प्रयास जारी रहेको बताएको छ ।
सेप्टेम्बर २३ देखि, इजरायली सेनाले लेबनानमा हवाई आक्रमणहरू सुरु गरेको छ । लेबनानमा इजरायली हवाई आक्रमणले सन् २०२३ अक्टोबर ८ देखि तीन हजार ११७ व्यक्तिको मृत्यु र १३ हजार ११८ जना घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेड्मी बड्स ६ सिरिज नेपालमा सार्वजनिक
-
कर्णालीको स्थानीय सेवा ऐन संशोधन प्रक्रिया अघि बढ्यो
-
पारा एथलेटिक्स टोली भारत जाँदै
-
लोकतन्त्रको विकल्प अरू हनु सक्दैन , राजतन्त्र फर्किँदैन- गृहमन्त्री
-
६ देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस
-
कुलमानलाई पदबाट हटाए सरकारलाई निकै महँगो पर्छ : माधव सापकोटा