यूएईद्वारा नेपालसामु १ सय २३ रनको लक्ष्य
![यूएईद्वारा नेपालसामु १ सय २३ रनको लक्ष्य](https://npcdn.ratopati.com/media/news/circket_poDAmB2wTd.jpg)
काठमाडौँ । आइसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) ले नेपाल सामु जितका लागि १ सय २३ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २२ रन बनाएको हो ।
यूएईका लागि रिनिथा रजितले सर्वाधिक ४८ रनको इनिङ्स खेलिन् । उनले मात्र ३३ बलमा ५ चौका र २ छक्का प्रहार गरिन् । त्यस्तै, ओपनर लभान्या केनीले ३२ बलमा २० रन जोडिन् । इन्धुजा नन्दकुमारले १४ बलमा १२ रनको योगदान दिइन् ।
नेपालका लागि रिया शर्माले ४ ओभर बलिङ गर्दै मात्र १२ रन खर्चेर ३ विकेट लिइन् । कप्तान पूजा महतो, करिस्मा गुरुङ र सीमा केसीले १–१ विकेट हात पारे ।
गत बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेलेको थियो । उक्त खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।
नेपालले आफ्नो दोस्रो खेल बिहीबार कुवेतसँग खेलेको थियो । उक्त खेलमा नेपालले कुवेतलाई एक सय आठ रनले हराएको थियो ।
प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आइसीसी यू–१९ महिला टि–२० विश्वकपका लागि छनोट हुनेछ । यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीपीआरको अनियमितताबारे छानबिन गर्न माग
-
युवा तथा खेलकुद मन्त्रीले सच्याए ‘श्री ५ को सरकार’ लेखिएको त्रुटि
-
सीटीईभीटीका बोर्ड सदस्यकै कलेजको कन्तबिजोक, विद्यार्थीको बिचल्ली
-
पाँच वर्ष एउटै विद्यालयमा बिताएका शिक्षकको सरुवा गरिने
-
कोशी प्रदेशसभा : विधेयक सर्वसम्मतले पारित
-
पूर्वीनाकाबाट साढे १४ अर्बको कृषिजन्य वस्तु निर्यात