निष्ठाको राजनीति गर्न गणेशमान सिंहबाट प्रेरणा लिनुपर्ने

दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ध्रुव वाग्लेले निष्ठाको राजनीति गर्न गणेशमान सिंहबाट प्रेरणा लिनुपर्ने बताएका छन् । स्व.गणेशमान सिंहको ११० औँ जन्मजयन्तीका अवसरमा आज व्यास नगरपालिका–२ गणेशमान पार्कमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य वाग्लेले लौहपुरुष सिंहले देशका लागि गरेको योगदान सधैँ अमर रहने बताए ।
सम्भ्रान्त परिवारमा जन्मिएर पनि सुख सयल छाडेर देश र जनताको पक्षमा गरेका कामको सधैँ चर्चा हुने उनले उल्लेख गरे । स्व.गणेशमानले देश र जनताका लागि गरेको काम सम्झिँदा पनि आङ सिरिङ्ग हुने बताउँदै वाग्लेले गणेशमानलाई सम्झिँदै पार्टीभित्र एकताको खॉचो रहेको बताए ।
मुलुकमा आउने चुनौतीको सामना गर्न पार्टीभित्र एकता आवश्यक रहेको उल्लेख गर्दै उनले पार्टीलाई बलियो र सुदृढ बनाउनुको विकल्प नरहेको बताए । कार्यक्रममा पार्टी जिल्ला सभापति जितप्रकाश आले, संविधानसभा सदस्य रामचन्द्र पोखरेल लगायतले स्व गणेशमानबाट प्रेरणा लिएर अगाडि बढ्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकमा हिँडिरहेको मान्छेलाई मुक्का हानेपछि बेलायती सांसद जेलमा
-
३ करोड लगानीमा बालुवाटारमा खुल्यो मेलुङ थकाली
-
जनार्दन र वर्षमानलाई प्रचण्डको अँगालो, किन रिसाए नारायणकाजी ?
-
भ्लादिमिर पुटिन र सी जिनपिङबिच फोनवार्ता
-
माओवादी जनप्रतिनिधिको टिप्पणी : स्थानीय सरकार संघीय सरकारको कारिन्दाजस्तो
-
प्रमुख प्रशासकीय अधिकृत खालि रहेका ठाउँमा एक हप्ताभित्रै पदपूर्ति गरिने