शनिबार, ०१ मङ्सिर २०८१
ताजा लोकप्रिय

सञ्जुको नाममा रेकर्ड नै रेकर्ड

शनिबार, २४ कात्तिक २०८१, १२ : १५
शनिबार, २४ कात्तिक २०८१

डर्बन । भारतले पहिलो टी–२० मा दक्षिण अफ्रिकालाई ६१ रनले पराजित गरेको छ । डर्बनस्थित किंग्समीड स्टेडियममा भारतले सञ्जु सामसनको शतकको मद्दतले २०२ रन बनाएको थियो । जवाफमा दक्षिण अफ्रिका १७.५ ओभरमा १४१ रनमै सीमित भयो ।

यस म्याचमा बने धेरै कीर्तिमानहरू बनेका छन् । सञ्जु सामसन टी-२० अन्तर्राष्ट्रियमा भारतबाहिर शतक प्रहार गर्ने पहिलो भारतीय विकेटकिपर ब्याट्सम्यान बनेका छन् । विजय मांजरेकरले सन् १९५३ मा टेस्टमा यो उपलब्धि हासिल गरेका थिए भने एकदिवसीयमा राहुल द्रविडले सन् १९९९ मा भारतबाहिर शतक बनाएका थिए ।

भारतीय विकेटकिपरका रूपमा सञ्जु सैमसनले घरेलु र विदेशमा सर्वाधिक उच्च स्कोर बनाएका छन् । हैदराबादमा बंगलादेशविरुद्धको उनको १११ रनको इनिङ घरेलु मैदानमा उच्चतम स्कोर हो । जबकि डर्बन टी-२० मा उनको १०७ रनको इनिङ्स विदेशमा भारतीय विकेटकिपर ब्याट्सम्यानले खेलेको उत्कृष्ट इनिङ्स हो ।

यस बाहेक सञ्जु सामसन लगातार दुई टी-२० खेलमा शतक बनाउने विश्वकै चौथो र भारतका पहिलो ब्याट्सम्यान बनेका छन्। यसअघि फिल साल्ट, गुस्ताभ म्याकन र राइले रुसोले यो उपलब्धि हासिल गरेका थिए ।

यता भारतीय टोलीले लगातार दोस्रो वर्ष ७ पटक टी-२० मा २ सय वा सोभन्दा बढी रन बनाएको छ। भारतले डर्बनमा दक्षिण अफ्रिकालाई २०३ रनको लक्ष्य दिएर यो उपलब्धि हासिल गरेको हो । भारतीय टोली बाहेक जापानले ७ पटक यो वर्ष २ सय वा सोभन्दा बढी रन बनाएको छ ।

कुनै पनि भारतीय ब्याट्सम्यानले एकै इनिङ्समा स्पिन विरुद्ध सबैभन्दा धेरै रन बनाउने मामिलामा सामसन दोस्रो र तेस्रो स्थानमा छन्। उनले हिजो स्पिन बलिङ विरुद्ध २७ बलमा ५८ रनको इनिङ्स खेले । यस वर्ष जिम्बावेविरुद्ध अभिषेक शर्माले २८ बलमा ६५ रन बनाएका थिए ।

सञ्जु सामसनले टी-२० अन्तर्राष्ट्रियमा भारतीय ब्याट्सम्यानले एक इनिङ्समा सबैभन्दा धेरै छक्का प्रहार गर्ने रोहित शर्माको रेकर्ड बराबरी गरेका छन् । उनले १०७ रनको पारीमा १० छक्का प्रहार गरेका थिए ।

सैमसनले दक्षिण अफ्रिकाविरुद्ध सबैभन्दा छिटो शतक पनि बनाए। उनले ४७ बलमा शतक पूरा गरेका थिए । यसअघि यो कीर्तिमान ५५ बलमा शतक प्रहार गर्ने सूर्यकुमार यादवको नाममा थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप