नेपाललाई जलवायु न्याय दिन विश्व समुदाय सकारात्मक देखिएको छ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाललाई जलवायु न्याय दिन विश्व समुदाय सकारात्मक देखिएको बताएका छन् । इजिप्टको कायरोमा भएको विश्व अर्बान फोरममा सहभागी भई शनिवार स्वदेश फर्किएका सिंहले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै नेपालमा जलवायु परिवर्तनको असरका बारेमा विश्वसमुदायको ध्यानाकर्षण गराइएको र जलवायु न्यायमा विश्व अर्बान फोरम सकारात्मक देखिएको बताएका हुन् ।
युएन ह्याबिटेटका एसिया र प्रशान्त क्षेत्रीय प्रतिनिधिसँगको छलफलमा पनि जलवायु परिवर्तनका कारण नेपालले सामना गरिरहेको प्रमुख सहरी चुनौतीलाई सम्बोधन गर्न सहकार्य गर्नुपर्नेमा आफूले प्रस्ताव राखेको उनले बताए ।
सिंहले युएन ह्याबिटेटले आगामी दिनमा जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न इच्छुक देखाएको बताए । आगामी वर्षमा युएन ह्याबिटेटका नयाँ कार्यक्रमहरू नेपालमा सञ्चालन हुने जानकारी पाएको उनको भनाई छ ।
विश्व फोरममा नेपालका तर्फबाट उपप्रधानमन्त्री सिंहले तीन वटा सत्रमा सम्बोधन गरेका थिए भने उनले नेपालमा जलवायु परिवर्तनले पारेको असरबारे चर्चा गर्दै जलवायु न्यायको माग गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन
-
नारायणी किनारमा चैत्र ३१ गते साङ्गीतिक कन्सर्ट हुने
-
१० बजे १० समाचार : फरार दुर्गाको सन्देशदेखि नेपालको रेकर्डसम्म