दुर्घटना
प्रहरीको लापरबाहीका कारण गाडी दुर्घटना भएको भन्दै सुर्खेतमा आन्दोलन
शनिबार, २४ कात्तिक २०८१, ११ : १३

काठमाडौँ । प्रहरीको लापर्बाहीका कारण गाडी दुर्घटना भएको भन्दै सुर्खेतमा आन्दोलन सुरु भएको छ । शुक्रबार दैलेखमा दुर्घटना भएको गाडी १५ सिटे भएको र सो गाडीमा ३४ जना यात्रु राख्दा दुर्घटना भएको भन्दै पीडित पक्षले आन्दोलन सुरु गरेको हो ।
उनीहरुले दैलेखका प्रहरी चेक पोष्टका कर्मचारीहरुलाई कारबाही गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, घाइतेहरुको शीघ्र स्वास्थ्य उपचारको व्यवस्था गरिनुपर्ने लगायतका माग राखेका छन् ।
शुक्रबार दिउँसो सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिका-१४ रातानाङ्लामा भएकाे फोर्स गाडी दुर्घटनामा चार जनाको मृत्यु भएको थियो भने ३० जना घाइते भएका थिए । साे ठाउँ दैलेख–सुर्खेत सिमाना नजिक पर्दछ । दैलेखबाट सुर्खेत आउँदै गरेको ०२००ख०९९८ नम्बरको फोर्स गाडी दुर्घटना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जम्मू कश्मीरको उधमपुरमा अतिवादीहरूसँगको भिडन्तमा एक सैनिकको मृत्यु
-
शान्ति वार्तालाई हानी पुर्याएको जेलेन्स्कीमाथि आरोप
-
भारतको कुनै पनि आक्रमणको उचित जवाफ दिने पाकिस्तानका रक्षामन्त्रीको चेतावनी
-
प्रहरीका ३११ जना इन्स्पेक्टरहरूको सरुवा (सूचीसहित)
-
एलन मस्कको डजले सँधैका लागि बन्द गर्ने भयो एमसीसी
-
भूकम्पका कारण प्रधानन्यायाधीशको टर्की भ्रमण रद्द