आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

गौतम बुद्ध विमानस्थलमा एकै दिन तीन उडान अन्तर्राष्ट्रिय उडान

शनिबार, २४ कात्तिक २०८१, १० : ३३
शनिबार, २४ कात्तिक २०८१

बुटवल । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकै दिन  तीन वटा अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान हुने भएका छन् । निर्माण सम्पन्न भएको लामो समयपछि यो विमानस्थलमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), जजिरा एयर र फ्लाई दुबईले अन्तर्राष्ट्रिय उडान भर्न लागेका हुन् ।

जजिरा एयरवेजले बिहान साढे सात बजे भैरहवा ल्यान्डिङ गरेर ८ बजे फर्किएको  थियो  ।  गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी  विनोद रावतले आउँदा १७१ जना ल्याएको  जजिराले जाँदा  १६८ जना यात्रु लगेको  रातोपाटीलाई बताए । 

उनका अनुसार फ्लाई दुबई दिउँसो १ बजेर ४५ मिनेटमा आउनेछ भने २ बजेर ४५ मिनेटमा भैरहवा, काठमाडौँ हुँदै दुबई उडान भर्नेछ । नेपाल एयरलाइन्सले राति १० बजेर २० मिनेटमा काठमाडौँबाट भैरहवा आएर ११ बजेर २५ मिनेटमा दुबई उडान भर्ने  तय  गरिएको छ । 

नेपाल एयरलाइन्स र जजिरा एयरले पुनः उडान गर्न लागेका हुन् भने फ्लाई दुबईले पहिलो पटक गौतम बुद्ध विमानस्थलमा उडान सञ्चालन गर्न लागेको हो । योसँगै गौतम बुद्ध विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने हवाई सेवा कम्पनीको सङ्ख्या चार पुगेको छ ।

bhairawajajira2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप