शाही विवाहअघि बेहुलीको हुन्थ्यो कुमारित्व परिक्षण, राजकुमारी डायनाले पनि गर्नुपरेको थियो सामना
अमेरिकी नायिका मेगन मर्केल ब्रिटेनका राजकुमार ह्यारीसँग विवाहपश्चात् डचेज अफ ससेक्स भएकी छिन् । अब उनले राजपरिवारको विभिन्न नियमसँग साझेदारी गर्नुपर्छ । तर उनी एउटा यस्तो नियमबाट बचेकी छिन् जुन निकै विवदास्पद भनिन्थ्यो ।
पप सुगर डट कमका अनुसार पुरानो समयमा जुन महिलाको विवाह राजपरिवारमा हुन्थ्यो, उनीहरुमाथि कुमारित्व परीक्षण गर्नुपर्ने नियम लागु गरिएको थियो ।
सन् १९८१ को फेब्रअरीमा जब राजकुमारी डायनाको राजकुमार चार्ल्ससँग विवाह भयो तब डायनाको परिवारले पनि डायना कुमारी भएको पुष्टि गर्नुपरेको थियो ।
टीनाद्वारा लेखिएको जीवनी ‘द डायना क्रोनिकल्स’का अनुसार रानी एलिजाबेथ ।। ले डायनालाई आफ्ना छोराका लागि छान्नुको मुख्य कारण यो थियो कि उनी ‘अत्यधिक सोझी’ थिइन् र उनको कोही पुरुषसँग प्रेम सम्बन्ध थिएन ।
यद्यपी, कुमारीत्व पुष्टि गर्नका लागि कुनै नियम भने लागु गरिएको थिएन । अहिले राजपरिवारलाई आफ्नै तरिकाले जीवनयापनका लागि प्रोत्साहित गरिन्छ । आधुनिक जोडीझैं राजकुमार विलियम्स र केट मिडल्टन विवाह अघि नै सँगै बसेका थिए, ह्यारी र मेगनले पनि यस्तै गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनका सिक्री लुट्ने पाँच जना पक्राउ
-
१२ बजे १२ समाचार : पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना हुने, सरकारका १०० दिनबारे के भन्छन् विपक्षी ?
-
सैनिक मुख्यालय छेउमा ठुलो आवाजमा पटका पड्काउनेलाई प्रहरीले सम्झायो
-
हान्टाभाइरसको प्रकोप समाप्त भएको घोषणा
-
चितवनमा दुई लाख बढी बाख्रालाई पीपीआर खोप
-
गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण