मोरिन्होलाई प्रतिबन्ध र जरिवाना
अंकारा । ट्राब्जोनस्पोरविरुद्ध फेनरबाचेको नाटकीय जितपछि देखाएको व्यवहार र प्रतिक्रियाका लागि होजे मोरिन्होलाई जरिवाना र प्रतिबन्ध गरिएको छ । उनलाई एक खेलका प्रतिबन्धका साथै करिब १५ हजार पाउन्डको जरिवाना गरिएको हो ।
खेलको इन्जुरी समयमा सोफयान आम्राबातले गोल गरेपछि फेनरबाचेले ३–२ को जित हात पारेको थियो । चेल्सी र रियल मड्रिडका पूर्वम्यानेजर त्यसपछि मैदानमा प्रवेश गरेर खुसीयाली मनाउन पुगेका थिए ।
खेलपछि उनले टर्कीमा रेफ्रीको स्तरप्रति आलोचना गर्दै उनीहरूको निष्पक्षतामाथि पनि प्रश्न उठाएका थिए । टर्किस फुटबल फेडरेसनले एक विज्ञप्ति जारी गर्दै मोरिन्होको टिप्पणी खेलको नैतिकता, स्पोर्टम्यानसिप र फेयर प्लेको अवधारणाविरुद्ध रहेको बताएको छ । फेडरेसनले यस्तो व्यवहारले देशको फुटबलको मान्यतालाई असर गरेको बताएको छ ।
निकै विवादित खेलमा घरेलु टोली ट्राब्जोनस्पोरलाई दुईवटा पेनाल्टी दिएकोमा मोरिन्हो असन्तुष्ट थिए । दुवै पेनाल्टी भीएआरसँग छलफल गरेपछि दिइएको थियो । त्यस्तै, आम्राबातको गोलअघि आफ्नो टोलीले पेनाल्टी पाउनुपर्ने उनको दाबी थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्की अदालतमा बहस : ‘थाहा छैन’ संगठित अपराधको ‘कोड ल्याङ्वेज’ त होइन ?
-
१० बजे १० समाचार : सीके र रेशम मिल्दै, वामदेवलाई मागेको पद दिन अनकनाए माधव
-
सुदूरपश्चिममा पाँच हजार किलोमिटर सडक निर्माण गर्न गुरुयोजना तयार
-
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
१२ अर्ब बजेटको समीक्षामा खर्बौंका आयोजनामाथि बहस
-
लक्ष्मी स्टील्समा क्रेनले च्यापिएर एक मजदुरको मृत्यु