पहाडकी रानी 'बन्दीपुर'लाई नियाल्दा (तस्बिरहरू)
_ewe4Nk9eCh.jpg)
तनहुँ । कोलाहल तथा धुवाँ धुलोबाट केही टाढा घुम्न जाने सोच बनाएकालाई अहिले तनहुँको पहाडकी रानी नामले परिचित बन्दीपुर उत्कृष्ट गन्तव्यका रूपमा विकास भइरहेको छ। सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ।
भक्तपुरे शैलीमा बनेका इट्टाका घर । बुट्टा भरेका आँखीझ्याल । कलाले सिँगारेका टुँडाल । शान्त बजार, त्यहीँ बजारको बिचमा ढुंगाको छपनीले चिठेको बाटो, जहाँ मोटर गाडी गुडाउन बन्देज छ । भीमसेनको मन्दिर, थानीमाई, खड्गदेवी, तीनधारेको चिसो पानी । एक हजार ३० मिटरको उचाइमा फराकिलो टुँडिखेल, जहाँबाट उत्तरतर्फ फर्कँदा आँखै अगाडि देखिन्छन् अन्नपूर्ण, धौलागिरि, लमजुङ, मनासलु, बौद्ध, फिस्टेल हिमालसँगै १९ वटा हिम चुचुरा ।
मर्स्याङ्दी नदीले बनाएको सुन्दर उपत्यका पनि । हिम चुचुराबाट आएको हावाको झोक्काले मुटुमा स्पर्श गर्छ र फेरि आउन निम्तो दिन्छ । यीनै विशेषताले २५० वर्षे लामो इतिहासमा पहिले व्यापारिक गढी कहलिएको बन्दीपुर अहिले पर्यटकीय सहर बनेको छ । घुम्न आउने घुमन्तेले यो सहरलाई उपमा दिए ‘पहाडकी रानी बन्दीपुर' जुन विश्वभर प्रख्यात छ ।
सिजन सुरु हुने बेला भएकाले पर्यटकको चहलपहल हुनेमा व्यवसायी आश्वस्त छन्। जाडो मौसम सुरु भएसँगै बन्दीपुर घुम्न आउने पर्यटकको चहलपहल बढ्छ। तस्बिर: नेपाल फोटो लाइब्रेरी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाजुभाइबिच जग्गा विवादः बन्दुक चलाउन खोज्दा पक्राउ
-
तीनकुने घटनामा संलग्न आरोपमा ‘मेकानिकल इन्जिनियर’ पक्राउ
-
नदी नभई फोहोर पोखरीजस्ता भए दल र राजावादी हौसिए
-
हितेन्द्रदेवलाई ऊर्जामन्त्रीले दिए यस्तो निर्देशन
-
आठ महिनामा ८ अर्ब रुपैयाँ अध्ययनका नाममा विदेश बाहिरियो
-
स्वदेशी उत्पादनको प्रवर्द्धन नै आत्मनिर्भर अर्थतन्त्रको मेरुदण्ड हो – मन्त्री भण्डारी