गाजा युद्धमा मारिएकामध्ये ७० प्रतिशत महिला र बालबालिका

काठमाडौँ । इजरायली आक्रमणमा परी गाजामा ज्यान गुमाउनेहरूमध्ये ७० प्रतिशत महिला र बालबालिका रहेको एक अध्ययनले देखाएको छ ।
संयुक्त राष्ट्रसंघले गतवर्ष हमासको आक्रमणपछि इजरायलले गरेको निरन्तरको आक्रमणका कारण पहिलो छ महिनामा मारिएकामध्ये महिला र बालबालिकाको संख्यामात्रै करिब ७० प्रतिशत छ । राष्ट्र संघका मानव अधिकार प्रमुख भोल्कर टुर्कले इजरायलले गरेको यस्तो कार्यमा निन्दा गरेका छन् ।
गाजामा इजरायलको युद्धको पहिलो छ महिनामा ३४ हजार ५०० भन्दा बढी प्यालेस्टाइनी नागरिक मारिएका थिए ।
उनीहरूलाई आधार बनाएर गरिएको अध्ययनले यस्तो तथ्य देखाएको हो । उक्त अध्ययनको निष्कर्षमा भनिएको छ, 'इजरायलले महिला र बालबालिकामाथि निरन्तर आक्रमण गरिरहेको छ । तर त्यो मानवताविरुद्धको अपराध हुन सक्छ ।'
अध्ययनका अनुसार बालबालिकाको संख्या मात्रै ४४ प्रतिशत छ ।
हमास-इजरायल द्धन्द्धका कारण अहिलेसम्म इजरायली आक्रमणमा परी ४३ हजार ४६९ प्यालेस्टाइनीहरू मारिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रभु बैंकको सीईओका रुपमा शेरचनले २०८३ माघसम्मै काम गर्न पाउने, सर्वोच्चले दियो अन्तरिम आदेश
-
चीनको १२५ प्रतिशतको जवाफमा अमेरिकाले लगायो २४५ प्रतिशत ट्यारिफ
-
पन्ध्र गोही राप्ती नदीमा छाडियो
-
किन्ने हो ऐँसेलु ?
-
चीनले किन जारी गर्यो ८५ हजार भारतीयलाई भिसा ?
-
आईपीएलमा ‘खेल मिलेमतो’ को आशंका, बीसीसीआईले जारी गर्यो कडा निर्देशन