हिजबुल्लाहद्वारा इजरायलमा रकेट आक्रमण
शनिबार, २४ कात्तिक २०८१, ०० : १५

जेरुसेलम । हिजबुल्लाहले शुक्रबार मध्य र उत्तरी इजरायल तर्फ करिब पाँचवटा रकेट आक्रमण गरेको छ । आक्रमण लगतै इजरायलका ५३ सहरहरूमा हवाई आक्रमणका साइरनहरू बजिरहेका थिए ।
इजरायली सेनाले अधिकांश रकेटहरू रोकिएका एक विज्ञप्तिमार्फत जनाएको छ । राज्यको स्वामित्वमा रहेको कान टिभी समाचारले उत्तरी इजरायलको एउटा आवासीय घरमा रकेट प्रहार भएको जनाएको छ ।
इजरायली म्यागेन डेभिड एडोम उद्धार सेवाका अनुसार हताहतको कुनै तत्काल रिपोर्ट आएको छैन । हालसम्म हिजबुल्लाहले आक्रमणको पुष्टि गरेको छैन । हिजबुल्लाहका नेता शेख नइम कासिमले इजरायली सेनामाथि विजय नहुँदासम्म लड्ने वाचा गरेपछि बुधबार उत्तरी र मध्य इजरायलमा हिजबुल्लाहद्वारा रकेटका आक्रमणहरू गरिएका थिए ।
यी घटनाक्रमहरू इजरायल र हिजबुल्लाहबीच जारी सीमापार द्वन्द्वको बीचमा भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक र सञ्चारकर्मीमाथिको दमन निन्दनीय छ : माओवादी केन्द्र
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा
-
‘बौद्धदर्शनको प्रसारमा योगदान गर्ने व्यक्तित्वबारे अनुसन्धान गरिने’