अस्वाभाविक हवाइ भाडावृद्धि नियन्त्रण गर्न आग्रह

काठमाडौँ । गैरआवासीय नेपाली संघका अध्यक्ष आरके शर्माले अन्तर्राष्ट्रिय हवाई भाडामा भएको अस्वाभाविक मूल्यवृद्धिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
नेपालबाट मलेसिया र मध्यपूर्व जाने श्रमिकले अत्यधिक महँगो भाडा तिर्नुपरेको अहिलेको विषम अवस्थालाई गम्भीरतापूर्वक लिँदै चाँडो समस्याको समाधान निकाल्न उनले नेपाल सरकारको सम्बन्धित निकायलाई अनुरोध गरे ।
शुक्रबार रातोपाटीसँग कुरा गर्दै उनले चाडबाड मनाएर श्रम गर्न जानेहरूमाथि विमानस्थल मर्मतको बहानामा भाडा बढाएर आर्थिक भार थोपरिनुले आफूलाई दुखित बताएका बताए ।
‘कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द गरिएको फाइदा उठाउँदै एयरलाइन्सहरूले भाडा बढाउनु दुखद मात्रै छैन, ऋण गरेर बिदेसिनेहरूको पेटमा लात हान्ने प्रयास समेत भएको छ’, उनले भने, ‘विमानस्थल मर्मत गर्नै परेपनि तिहार र छठ लगत्तै भन्दापनि केही महिनापछि गर्दा उपयुक्त हुन्थ्यो ।’
उद्यपि काठमाडौँ बाहिरबाट पनि नियमित उडान गरिनुभने सकारात्मक भएको उनको भनाइ छ । तर, अहिले विमानस्थल मर्मतका लागि बन्द गरिएकै बेला अनेक बहानामा भाडा बढाइनुले हवाइ यात्रु मारमा परेको विषयमा सरकारले गम्भीरतापूर्वक लिँदै साविककै भाडा कायम गर्न ध्यान दिनुपर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा गुन्जँदै रामकृष्ण ढकाल
-
मुलुक गम्भीर संकटमा छ, आन्दोलनको विकल्प छैन: साह
-
बिमस्टेकलाई जनकेन्द्रित र सहकार्यमुखी बनाऔँः परराष्ट्रमन्त्री
-
भ्रष्टाचार र बेथितिले गणतन्त्रलाई कमजोर बनायोः सुदन किराती
-
कोटेश्वरमा रेविका र दिनेशलाई गोली लागेको हो : प्रहरी
-
चैत १५ को प्रदर्शनमा प्रहरीको टाइमलाइन : १२ः५० बजे अश्रुग्याँस प्रहार, २ः५४ मा गोली चलाइयो