बागलुङमा जीप दुर्घटना, चालकको मृत्यु
शुक्रबार, २३ कात्तिक २०८१, २१ : ५७

गलकोट । बागलुङको ढोरपाटन नगरपालिका–३ टारीमा आज साँझ जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ढोरपाटन नगरपालिका–३ पुर्कोट निवासी जीप चालक किसान विकको मृत्यु भएको वडाध्यक्ष खीमबहादुर सुनारले जानकारी दिए ।
टारीस्थित खेतमा धान लिन गएको लु १ च ६९३८ नं को पिकअप जीप ब्याक गर्ने क्रममा सय मिटर तल तमानखोलामा खसेको थियो । जीपमा चालक मात्रै सवार थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाइजेरियामा सङ्कटकाल घोषणा
-
आरआर क्याम्पसको ताला खुल्यो, फर्जी कार्डको विषयमा छानबिन गर्न समिति गठन गरिने
-
‘समयले जन्माएका कथाहरू’ लोकार्पण
-
ट्रकमा २५ करोड बोकेर हिँडेका कुसाङको डेरामा बास !
-
१० बजे १० समाचार : फेरि लोडसेडिङको चर्चा, सुराक दिने मालामाल
-
एसइईको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर परीक्षा दिन आग्रह