इजरायली सैनिक शिविरमा २४ घण्टामा दोस्रो पटक आक्रमण गरेको दावी
बेरुत । हिजबुल्लाहले इजरायली सहर हाइफा नजिकैको नौसैनिक अड्डालाई लक्षित गरी २४ घण्टाभन्दा कम समयमा दोस्रो पटक आक्रमण गरेको दावी गरेको छ।
इरान समर्थित उक्त लेबनानी समूहले इजरायलले गरेको आक्रमण र नरसंहारको जवाफमा हाइफाको उत्तरपश्चिममा रहेको ‘स्टेला मारिस’ नौसेना अड्डालाई लक्षित गरी छोटो समयमा दुई आक्रमण गरेको जनाएको छ ।
बयानमा, हिजबुल्लाहले हाइफाको दक्षिणपूर्वमा रहेको रामत डेभिड एयरबेसलाई पनि मिसाइलले निशाना बनाएको दाबी गरेको छ ।
इजरायल लेबनानको हिजबुल्लाहसँग सेप्टेम्बरको अन्त्यदेखि कडा युद्धमा उत्रिदै गाजा पट्टीमा हमाससँगको लडँइमा उत्तरी सीमा सुरक्षित गर्नमा तल्लिन छ । इजरायलले उक्त क्षेत्रमा हवाई आक्रमणलाई बढाउँदै देशको दक्षिणमा सेना तैनाथ गरेको छ ।
गाजामा इजरायलसँग लडिरहेका हमास प्यालेस्टिनी लडाकुहरूको समर्थनमा काम गरिरहेका हिजबुल्लाहसँगको सीमापार द्वन्द्व सुरु भएको एक वर्षपछि इजरायलले आफ्नो उत्तरी क्षेत्रलाई सुरक्षा दिन थालेको हो ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार सेप्टेम्बर २३ देखि लेबनानमा भएको युद्धमा दुई हजार ६०० भन्दा बढीको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिग : लिभरपुल शीर्ष स्थानमा उक्लियो, रियाल मड्रिड स्तब्ध
-
विश्लेषकहरु भन्छन्-लेबनान युद्धविराम मध्यपूर्वको समस्या समाधान होइन, राहत मात्रै
-
एलन मस्कको टेस्लाले स्मार्टफोन ल्याउन सक्ला ?
-
पारस खड्का जस्मिन पेन्ट्सको सद्भावनादूत नियुक्त
-
नेपाली चिया कफीको ऐतिहासिक परम्पराको सम्मान बढाउने उत्पादन
-
बालाचतुर्दशी : पशुपतिनाथको कैलाशमा पसल राख्न प्रतिबन्ध