नेपाल–बङ्गलादेशबिच जनता जनतामा सम्बन्ध विस्तार हुनुपर्छ : मन्त्री खड्का
![नेपाल–बङ्गलादेशबिच जनता जनतामा सम्बन्ध विस्तार हुनुपर्छ : मन्त्री खड्का](https://npcdn.ratopati.com/media/news/dipak_E0TBAfss5R.jpg)
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल–बङ्गलादेशबीच जनस्तरमा सम्बन्ध विस्तार हुनुपर्ने बताएका छन् ।
साउथ एसिया विजनेश पार्टनरशीपले आज काठमाडौँमा आयोजना गरेको ‘एशियन बिजनेश पार्टनरसीप समिट तथा अवार्ड वितरण समारोह’ मा उनले पाँच दशक लामो सम्बन्ध रहेको नेपाल र बङ्गलादेशबीच रहीआएको सम्बन्ध जनस्तरमा विस्तार हुनुपर्ने बताए ।
ऊर्जामन्त्री खड्काले नेपाल र बङ्गलादेशबिच भर्खरै ऊर्जा क्षेत्रमा समेत व्यापारिक सम्बन्ध विस्तार गरेको बताए । “भर्खरै नेपालबाट ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात गरेर ऊर्जा क्षेत्रमा नेपाल भारत र बङ्गलादेशबीच त्रिदेशीय सम्बन्ध विस्तार गरेका छौँ”, मन्त्री खड्काले भने । उनले नेपालको स्रोतको अत्यधिक प्रयोग गरेर बङ्गलादेशको ऊर्जा आवश्यकतालाई पूरा गर्न लागिएको भन्दै नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न बङ्गलादेशका व्यवसायीलाई आग्रह समेत गरे ।
बङ्गलादेश कृषि क्षेत्रमा आत्मनिर्भर भई विदेशमा समेत बिक्रीवितरण गर्दै आएको भन्दै मन्त्री खड्काले बङ्गलादेशबाट नेपालले समेत पाठ सिक्न जरुरी रहेको बताए । नेपाल र बङ्गलादेशबिच आवतजावतमा भिसाको समस्या रहेको भन्दै उनले उक्त समस्या समाधानमा सरकारले काम गर्ने उल्लेख गरे ।
कार्यक्रममा संसद्का अर्थ समितिका सभापति सन्तोष चालिसेले नेपाल र बङ्गलादेशबीच धार्मिक, सांस्कृतिक, कूटनीतिक सम्बन्ध रहेको भन्दै यसलाई झन प्रगाढ बनाउनुपर्ने बताए । उनले दुई देशबिचको व्यापारिक सम्बन्धलाई झन बलियो बनाएर अगाडि बढ्नुपर्ने धारणा राखे । सोही अवसरमा बङ्गलादेशको व्यवसाय तथा शिक्षा क्षेत्रमा विशेष योगदान दिएका व्यक्तिलाई अवार्ड प्रदान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपिन रिहाइका लागि इरानका विदेशमन्त्रीलाई परराष्ट्रमन्त्री आरजुको फोन
-
गण्डकी प्रदेशको पिर : खर्च गर्ने पैसा छैन, घाटाको बजेट ल्याउनुपर्ने बाध्यता
-
किन भएन अपेक्षाकृत बजेट खर्च ?
-
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय खारेज गर्नुपर्छ : अर्थविद् पौडेल
-
संघीयतालाई दोष दिने ठाउँ छैन, दोषी हामी हौँ
-
नेतन्याहुविरुद्ध पक्राउ पुर्जी जारी गर्ने अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि ट्रम्पले लगाए प्रतिबन्ध