वित्तीय संस्थाको कर्मचारी हुँ भनेर फोन गर्नेलाई व्यक्तिगत विवरण नदिन सीआईबीको अनुरोध

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंक तथा वित्तीय संस्थाको कर्मचारीको आवरणमा फोन गरेर व्यक्तिगत विवरण माग्नेलाई आफ्नो विवरण नदिन आग्रह गरेको छ ।
ह्याकर र ठगीमा संलग्नहरूले ‘खाता रिन्यु र अपडेट’ गर्ने नाममा रकम ट्रान्सफर गर्ने हुनाले त्यस्तो विवरण दिँदा जोखिम हुने ब्यूरोका एसपी होविन्द्र बोगटीले बताए । उनले भने,‘खाता नम्बर, जन्ममिति र ओटिपी मागेर खातावालले थाहा नै नपाईकन रकम ट्रान्सफर गर्नेगरेको उजुरी आएका छन्, त्यसैले सबैलाई सचेत हुन आग्रह गर्दछौँ ।’
अपरिचितहरुले त्यसरी फोन गरेमा आफ्नो विवरण नदिएर बैंक तथा वित्तीय संस्था वा प्रहरीमा जानकारी गराउन ब्यूरोले आग्रह गरेको छ । ठगीमा संलग्नहरूले बैंकको खाताको ठेगाना नमिलेको भनेर पनि फोन गर्ने र खाताको रकम चोरी गर्ने गरेका छन् ।
प्रविधि सम्बन्धी जानकारहरुले नक्कली नागरिकता वा चोरीको कागजातबाट सिमकार्ड निकालेर बैंक खाता खोलेर विभिन्न खातावालहरुको रकम ट्रान्सफर गरेर छिनभरमै निकाल्ने र सम्पर्कविहीन हुने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा आज एमालेको जागरणसभा, प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्वोधन गर्ने
-
जसपा नेपाल रौतहटको अध्यक्षमा राजीव रञ्जन विजयी
-
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन सरकारलाई हस्तान्तरण
-
अख्तियारलाई हर्क साम्पाङको जवाफ : एनसेल-वाइडबडीतिर नलागेर श्रमदानको खेदो नखन्नु
-
फ्राईडे रिलिज ‘पिताम्बर’ भर्सेज ‘कर्मा’
-
खाने होइन त सिजनको फल ? (तस्बिरहरू)