उपनिर्वाचनको लागि प्रहरी र सशस्त्रमा केन्द्रीय निर्वाचन सेल गठन

काठमाडौँ । मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि प्रहरी र सशस्त्र प्रहरी बलले केन्द्रीय निर्वाचन सेल गठन गरेका छन् ।
केन्द्रीय निर्वाचन सेल गठन गरेर उपनिर्वाचनको तयारी थालिएको निमित्त आईजीपी टेक प्रसाद राईले रातोपाटीलाई बताए । उनका अनुसार कार्य विभागका प्रहरी उपरीक्षक (एसपी) सञ्जय सिंह थापाले निर्वाचन सेलको संयोजन गर्नेछन् ।
निमित्त आईजीपी राईले भने, ‘प्रदेश र जिल्लामा पनि निर्वाचन सेल गठन गरेर उपनिर्वाचनको सुरक्षा तयारी थालेका छौँ ।’ मंसिर १६ मा ३१ जिल्लामा निर्वाचन हुँदैछ ।
सशस्त्र प्रहरी बलले पनि प्रधान कार्यालयमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन गरेको छ । कार्य विभागका एसएसपी दिग्विजयन सुवेदीले केन्द्रीय निर्वाचन सेलको संयोजन गरेका छन् ।
प्रदेशमा एसपी, गण भएका जिल्लामा डीएसपी र गुल्म भएका जिल्लामा इन्स्पेक्टरको कमाण्डमा निर्वाचन सेल गठन गर्ने निर्णय भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।
केन्द्रीय निर्वाचन सेलमार्फत समग्र सुरक्षा चुनौतीको विश्लेषण र सुरक्षा व्यवस्थापन गरिने डीएसपी थापाले जानकारी दिए । निर्वाचन हुने जिल्लामा आसपासका जिल्लाबाट थप जनशक्ति व्यवस्थापन गर्नेगरी सशस्त्र प्रहरीले सुरक्षा योजना तयार गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका ७१८ वडालाई वर्गीकरण गरेर विषादी प्रयोगमा कडाई
-
ला लिगामा सेल्टा भिगो र लस पल्मसले अंक बाँडे
-
धर्मामा बसेका कर्मचारीको आँखा छलेर मध्यरातमा प्रदेश निजामती विधेयक पारित
-
उत्खननका क्रममा महाभारतकालीन ‘दरबारको जग’ भेटियो
-
बस्तीबाट बेहोस पारेर नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जमा छाडिने
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता