राप्रपा नेपालको तराई मधेस सम्मेलन कार्तिक २६ र २७ वीरगन्जमा हुने

काठमाडौँ । राप्रपा नेपालको तराई मधेस सम्मेलन आगामी कार्तिक २६ र २७ गते पर्साको वीरगन्जमा आयोजना हुने भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनमा पार्टी अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र प्रस्तुत गर्ने र कार्यक्रम आयोजनाको सम्पूर्ण तयारी पूरा भएको पार्टीका उपाध्यक्ष राजीव पराजुलीले जानकारी दिए ।
सम्मेलनमा तराई मधेसको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिमा केन्द्रित रही महत्त्वपूर्ण छलफल गर्ने कार्यतालिका रहेको छ । पार्टीका अर्का उपाध्यक्ष धिरेन्द्र झाले मधेसको विकास र समृद्धिमा देखिएको सम्भावना र चुनौतीका बारेमा कार्यपत्र पेस गर्नेछन् ।
तराई मधेस क्षेत्रका २२ जिल्लाबाट २५० प्रतिनिधिहरूको सम्मेलनमा सहभागिता रहने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । एजेन्डाको दृष्टिकोणबाट तराई मधेस क्षेत्रलाई राप्रपा नेपालले आफ्नो उर्वर भूमि मानेर विशेष महत्त्व दिँदै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा