शुक्रबार, २३ कात्तिक २०८१
ताजा लोकप्रिय

भर्‍याङमा चिप्लिएर लडे विजय देवरकोन्डा

शुक्रबार, २३ कात्तिक २०८१, १६ : ५४
शुक्रबार, २३ कात्तिक २०८१

नयाँ दिल्ली । दक्षिण भारतीय अभिनेता विजय देवरकोंडा भर्‍याङमा  चिप्लिएर लडेका छन् । यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । एउटा बिल्डिङबाट निस्कने क्रममा अभिनेता भर्‍याङमा चिप्लिएर लडेका थिए ।

अभिनेता लडेपछि उनको टोलीका सदस्यहरूले विजयलाई उठाएका थिए । त्यसपछि उनले फ्यानसँग फोटो खिचाउँदै गरेको पनि देखियो । अभिनेता सिँढीबाट चिप्लिए पनि उनलाई खासै चोटपटक लागेन । उनी तुरुन्तै उठेर बाहिर आए ।

सुटिङका ​​क्रममा भएका थिए घाइते

गौतम तिन्ननुरीसँगको आगामी फिल्मको सुटिङका ​​क्रममा अभिनेता विजय देवरकोन्डा घाइते पनि भएका थिए । ब्रेकका लागि समय अभावका कारण उनले घाइते अवस्थामै सुटिङ जारी राखेको अभिनेताको विजयको टोलीले खुलासा गरेको छ ।

मिडिया रिपोर्टका अनुसार फिल्मका निर्माता नागा वाम्सीले ‘भिडी १२’ को पहिलो भाग चल्यो र दर्शकले मन पराए भने यसको दोस्रो भाग पनि रिलिज गर्ने भनेका छन्  ।

फाइट सिक्वेन्समा चोट लागेपछि काँधमा दुखाइ भएकाले विजयले फिजियो र रिह्याब गरिरहेको उनको टोलीले भनेको थियो । चोट अरु नबढोस् भनेर अभिनेताले अनेक उपायहरू गरिरहेका र पीडा सहन सक्दो प्रयास गरिरहेको पनि बताइएको छ । तर, उनले फिल्मको छायाङ्कन रोकेनन् ।

‘भिडी १४’ मा पनि आउँदैछन् विजय देवरकोन्डा

विजय देवरकोंडा आफ्नो आगामी फिल्म ‘वीडी १४’  मा पनि देखिँदैछन् । खबरका अनुसार यो एक पीरियड वार ड्रामा फिल्म हुनेछ । यस फिल्ममा विजयलाई राजाको भूमिकामा देख्न सकिन्छ । माई थ्री मूवी मेकर्सले बनाउन लागेको यो हाई बजेटको फिल्म सन् २०२५ को सुरुमा छायाङ्कन सुरु हुने बताइएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप