चार दलले टुंग्याए गौरीशंकरको उपाध्यक्ष उम्मेदवार

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले दोलखाको गौरिशंकर गाउँपालिकाको उपाध्यक्ष पदका लागि उम्मेदवारको टुंगो लगाएको छ । आउँदो मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपचुनावमा उक्त गाउँपालिकाको उपाध्यक्ष पदमा एकीकृत समाजवादीले रविना खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
यो पालिकाको उपाध्यक्ष पदमा तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले यसअघि नै उम्मेदवारको नाम टुंगो लगाइसकेका छन् । एकीकृत समाजवादीसँगै चार दलले उम्मेदवारको टुंगो लगाएका हुन् ।
कांग्रेसले पासदिकी शेर्पा, एमालेले उमा मगर शेर्पा र माओवादी केन्द्रले निमलेकी शेर्पालाई उम्मेदवार बनाउने टुंगो गरेका हुन् । २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा निर्वाचित उपाध्यक्ष श्यामसुन्दर तामाङको निधन भएपछि गौरिशंकरको उपाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो । तामाङ कांग्रेसबाट निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाबुरामप्रति कमल थापाको टिप्पणी- 'हताश मानसिकता उदाङ्गो भयो'
-
भाषामा अल्झिरह्यो प्रदेश सरकार
-
ताप्लेजुङमा सवारी सञ्चालन बन्द गर्ने यातायात व्यवसायीको निर्णय
-
आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
-
दुना–टपरी उद्योगमा रमाउँदै र कमाउँदै पाल्पाली महिला
-
पृथ्वीराजमार्गको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने