फिल्म राम्रो बन्न थाले छ : मन्त्री राणा

काठमाडौँ । लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री रोज राणाले फिल्म ‘१२ गाउँ’को कथावस्तु, निर्माण शैली, प्रस्तुति धेरै राम्रो रहेको बताएका छन् । शुक्रबार कमल पोखरीस्थित सिटी सेन्टरमा चलचित्र हेरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
फिल्म निर्माता, अभिनेता समेत रहेका मन्त्री राणाले दसैँ, तिहारका बेला प्रदर्शन भएका फिल्मले दर्शकको मन जित्न सफल भएकोमा खुसी व्यक्त गरे । प्रयास गर्दा राम्रो फिल्म बनाउन सकिन्छ भन्ने तथ्य प्रमाणित भएको भन्दै मन्त्री राणाले विगतमा आफूले निर्माण गरेका फिल्मलाई दर्शकले तत्कालीन समयमा माया गरिदिएको स्मरण गरे । राम्रा फिल्मले नेपाली चलचित्र उद्योगलाई माथि लान टेवा पुग्ने उनको भनाई थियो ।
नेपाली फिल्म उद्योगलाई बलिउडले प्रभाव पारिरहेको अवस्थामा नेपाली फिल्मप्रति दर्शकले देखाएको सदभावलाई बचाउने दायित्व निर्माता, कलाकार, फिल्म हल सञ्चालक सबैको रहेको मन्त्री राणाले बताए । मन्त्री राणाले लुम्बिनी प्रदेशमा फिल्म छायाङ्कनका लागि पनि आग्रह गरेका छन् । लुम्बिनी प्रदेशमा फिल्म छायाङ्कन गर्दा आफूबाट हुन सक्ने सहयोग रहने समेत मन्त्री राणाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्मी क्लब र सुदूरपश्चिम प्रदेशको सजिलो जित, किरण ठगुन्नाको उत्कृष्ट शतक
-
कोटीहोम विवाद : पाँच सदस्यीय वार्ता टोली गठन गर्ने
-
अध्यक्ष दाहालले गरे ४ विधेयक प्रमाणित
-
पोल्यान्डका विदेशमन्त्रीलाई मस्कले भने- चुप लागेर बस फुच्चे
-
नेसपा (नयाँ शक्ति)को बागमती प्रदेशस्तरीय महाधिवेशन सम्पन्न
-
राजनीति गर्न मन भए मैदानमा आउन पूर्वराजालाई प्रधानमन्त्रीको सुझाव