निर्माण विवाद
पाथीभरामा केबलकार निर्माणको काम सुरु गर्न खोज्दा झडप, प्रहरीद्वारा लाठीचार्ज
शुक्रबार, २३ कात्तिक २०८१, १६ : ०२

काठमाडौं । ताप्लेजुङको फुङलिङबाट पाथीभरा मन्दिरसम्म जाने केवलकार निर्माणको काम सुरु गर्न खोज्दा झडप भएको छ । फुङलिङ नगरपालिकास्थित तल्लो फेदीमा झडप भएपछि प्रहरीले लाठीचार्ज गरेको छ । झडपमा परेर प्रदर्शनकारीहरु सामान्य घाइते भएको र अहिले स्थिति नियन्त्रणमा आएको कोशी प्रदेशका डीआईजी चन्द्र कुवेर खापुङले रातोपाटीलाई बताए ।
नेकपा एमाले ताप्लेजुङका अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङका मेयर अमिर मादेन केवलकार निर्माण गर्नुपर्ने पक्षमा छन् । केवलकार निर्माण गर्नु हुँदैन भन्ने समूहले काम सुरु गर्न लागेपछि विरोध सुरु गरे । त्यसपछि दुई पक्षको बिचमा झडपको अवस्था आएको डीआईजी खापुङले जाकारी दिए । विरोधी समूहले कार्यक्रमस्थलमा ढुंगामुढा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन
-
१० बजे १० समाचार : तीनकुने घटनामा प्रहरीको चुकदेखि बालेनको अल्टिमेटमसम्म